आज:  | Fri, 22, Nov, 2024

कृषकहरुका लागि  आयआर्जन गराउन  शिप दिदै ः बेनीघाट रोराङ गाउँपालिका

१० चैत्र २०७९, शुक्रबार १४:३७ मा प्रकाशित ( १ साल अघि) ३८७ पाठक संख्या
नारी बाटिका


धादिङ १० चैत

कृषकहरुका लागि  आयआर्जन गराउनको लागी  शिप दिन धादिङको बेनीघाट रोराङ गाउँपालिका अग्रसर देखिएको छ । माछा दिएर हैन माछा मार्ने सिप दिएर किसानहरुलाई आत्मनिर्भर बनाउने उद्दस्यले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ हर्कपुरका अगुवा कृषकहरुका लागि बिहिबार देखि बाख्रापालन तालिम सञ्चालन गरिएको हो

पछिल्लो समयमा दिनरात मरी मरी मेहनत गरेपनी खेतवारीबाट कुनै आम्दानी नहुने अवस्थाले नेपालका किसानहरु आजित छन् भने जती दुख गरेपनि बालबच्चाको पठनपाठनको खर्च पुग्नु त परैको कुरा ? कृर्षी पेशाा बाट विहान वेलुकी छाक टार्न पनि मुस्किल पर्ने भएकोले किसानीहरु पिडित हुनु पर्ने र घरवारी धितो राखेर विदेशीने क्रम जारी रहेको छ ।
यसो हुनुमा सरकारले समयमा मल विउ उपलव्ध गराउन नसक्दा किसानी मर्कामा पर्ने गरेको गुनासो राख्दै आएका छन् ।

तथापी बेनीघाट रोराङ गाउँपालिका गाउँपालिकाको आयोजनामा बिहिबार देखि ४ का वडा अध्यक्ष राजु बहादुर मगरको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।

गाउँपालिकाले यस अघिनै बाख्रा पालनको पकेट क्षेत्र घोषणा गरिसकेको हुनाले कृषकहरुलाई बाख्राको स्वास्थ्य अवस्था,डाले घाँस र खोर व्यवस्थापनको बारेमा तालिममा सिकाईने वडा अध्यक्ष मगरले जानकारी दिनु भएको छ ।

कृषकहरुको लागी नगदेवाली र आयआर्जन हुने व्यवशायको रुपमा मानिने मध्यको बाख्रापालनलाई उत्तम मानिन्छ । साथै पालिका भित्रका विभिन्न समुदाय बाट छनौट गरी ५० जना कृषकहरुको सहभागीता रहेको छ । तालिम विहिवार बाट संन्चालन भई १२ गते सम्म ४ दिनको हुने गाउँपालिकाले जानकारी गराएको छ ।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस