आज:  | Fri, 22, Nov, 2024

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज शपथ ग्रहण

२९ फाल्गुन २०७९, सोमबार १९:४१ मा प्रकाशित ( १ साल अघि) ४६२ पाठक संख्या
नारी बाटिका


राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज शपथ ग्रहण

काठमाण्डौ, २९ फागुन सोमवार

निर्वाचित भैइसकेपछी नेपालको संविधानले व्यवस्था गरिए अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । पौडेल यही फागुन २५ मा राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुन बमोजिम प्रधान न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था रहेको छ । समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष, पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी हुनु भएको थियो ।

यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एव्ं प्रतिनिधी नेताहरु, सञ्चारकर्मी लगायत विशिष्ट अधिकारीहरुको सहभागीता रहेको थियो ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहण पछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्व प्रधानमन्त्रीहरुले सफल कार्यकालको शुभकाकामना व्यक्त गर्दै बधाई दिनु भएको थियो । सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति विध्यादेवी भण्डारीलाई बिदाइ गर्नु भएको थियो ।  त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भए सँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु गएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानिक व्यवस्था रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस