आज:  | Sat, 28, Dec, 2024

आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस ठोकिँइ दुर्घटना , ६ को मृत्यु, ३० घाइते ।

२९ फाल्गुन २०७९, सोमबार ०८:३१ मा प्रकाशित ( १ साल अघि) ११७९ पटक पढिएको
नारी बाटिका


आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस ठोकिँइ दुर्घटना , ६ को मृत्यु, ३० घाइते ।

२९ फागुन  शोमवार
नारी वाटिका संवाददाता

आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस ठोकिँइ दुर्घटना , ६ को मृत्यु, ३० घाइते भएका छन् ।  ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको तीव्र गतिमा रहेको बस अनियन्त्रित भई आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाको छ।

३६ यात्रु बोकेको बा २ ख ६५९६ नम्बरको बस ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको थियो सिन्धुली जिल्ला मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने फिक्कल गाउँपालिका–४ कुहिभीरमा आइतबार बस भित्तामा ठोकिँइ दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले बताउनु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बसका सहचालक २४ वर्षीय देव बहादुर सार्की सहित ३२ वर्षीय पेशल भुजेल, ३५ वर्षीया कुमारी क्याप्छाकी मगर, ३२ वर्षकी जोशना राई, २५ वर्ष का सन्जित राई र वर्ष ४० की राधा भुजेल रहेका छन्।

त्यसैगरी उक्त दुर्घटनामा पर्ने भध्य केहीको पहिचान खुलेको छ । देवबहादुर ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–६, पेसल सिद्धिचरण नगरपालिका–३, जोशना सिद्धिचरण नगरपालिका–५, सन्जित चिसंखुगढी गाउँपालिका–४, राधा सिद्धिचरण नगरपालिका–५ र कुमारी उदयपुर कटारी नगरपाालिका–२ की हुन्।

उनीहरू सहित ३६ यात्रु चढेको बा २ ख ६५९६ नम्बरको बस ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको थियो। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको निष्कर्ष प्रहरीले निकालेको छ।

दुर्घटनाका गम्भीर घाइते सहित आठ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं तर्फ लगिएको छ। जसमा तनहुँ भिमाद २ घर भई नेपाली सेनाको ओखलढुंगाा ब्यारेकमा कार्यरत वर्ष ३४ का राजेश राना, बर्दिया नगरपालिका–५ घर भई नेपाली सेनामा कार्यरत वर्ष ३४ की निरु चौधरी लगायतका रहेको प्रहरी प्रवक्त दाहालले जानकारी गरउनु भएको छ।

खुर्कोटको सुनकोसी सामुदायिक अस्पताल र शुभजीवन अस्पतालमा घाइतेहरूको प्राथमिक उपचार गरिएको थियो। चालक सहित १६ घाइतेलाई खुर्कोटका विभिन्न स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि थप उपचारका निमित्त धुलीखेल र काठमाण्डौं पठाइएको छ। अन्य घाइतेहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस