नेकपा एमाले धादिङद्धारा सौर्य बुलेटिन प्रकाशन
धादिङ÷फागुन २६
नेकपा एमाले धादिङद्धारा सौर्य बुलेटिन प्रकाशन सुरु गरेको छ । पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानका सन्दर्भमा यसका गतिविधि र नेकपा एमालेको संगठन सदृढिकरण र बिस्तर कार्यक्रमहरु समेटिएको गतिविधी लाई नागरिक सामु पुर्याने उद्दस्येले सौर्य बुलेटिन प्रकासन सुरु गरिएको हो ।
नेकपा एमालेले चेन ५ गतेबाट सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत जिल्ला स्तरको भेला र प्रशिक्षणहरु, पालिका तहको बैठब बसेर वडागत रुपमा कार्ययोजना अनुसार बैठकहरु बस्न सुरु भएको नेकपा एमाले पार्टी कार्यलय े धादिङले जनाएको छ
एमालेले गरेका काम प्रचारप्रसार गर्न,र संगठन सुदृढिकरण, आवस्यकता अनुसार संगठन निर्माण, बाहिर रहेका युवा तथा समुदायका मानिसहरुलाई उचित स्थान दिएर संगठित गर्ने, आदी योजना बनाएर कार्यक्रम संचालन गर्न अभियान सुरुगरेको जनाएको छ ।
बैशाख ९ गतेसम्म चल्ने अभियानले पार्टीलाई तन्दुरुस्त पार्ने, सबै जनसंगठनहरु नियमित भएर फुर्तिलो हुने र जनताका काममा लाग्ने किसिमको पार्टी निर्माण भइ लाग्ने नेकपा एमालेले अपेक्षा गरेको छ।
जनवर्गिय संगठनहरुको संयुक्त बैठक
नेकपा एमाले धादिङले संचालन गरेको मिसन ग्रासरुट अभियानका अन्तरग धादिङका जनवर्गिय संगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलले जनवर्गिय संगठनहरुले एमालेको अभियानहरु सम्पन्न गर्नका लागि भूमिका खेल्नुपर्ने बताउनु भयो ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामामा सम्पन्न भएको जनवर्गिय संगठनहरुले बैठक राखेर सदस्यता, संगठन विस्तार र सुदृढिकरणमा काम गर्नका लागि निर्देशन गरिएको छ ।
वडा तहमा एमाले बैठक
नेकपा एमालेले वडा तहमा बैठकहरु राख्न सुरु गरेको छ । मिसन ग्रासरुट अभियान अन्तरगत सिद्धलेक गाउँपालिका वडा नम्बर ४ को बैठक सम्पन्न भएको छ । वडा कमिटि सदस्य तथा पार्टी सदस्यहरु सहभागि बैठकमा टोल तहमा पार्टीको गतिविधि संचालन गर्ने, जनताको स्थतानीय सरकारसंगको सरोकारका विषयमा काम गर्नका लागि वडा कमटिले काम गर्ने नेकपा एमाले सिद्धलेक गाउँपार्टी कमिटिका सचिव रामहरी बराकोटीले जानकारी दिनु भयो ।
वडा स्तरीय बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य बिन्दा ढुंगाना, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सदस्यहरुको सहभागिता रहेको छ । धुनीबेसी नगरपालिका वडा नम्बर ४ को बैठक खानीखोलामा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाले पार्टीले संचालन गर्ने सबै गतिविधि टोलटोलमा पुर्याएर विकासका लागि अघि बढ्न सघाउन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।
पार्टीका वडाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमले जनताको समस्या बुझेर काम गर्ने जनाएको छ। टोलतहमा गरिने कार्यक्रमको योजना निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य राजीव लामाले जानकारी दिन ुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को बैठक धादिङबेसीमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलको प्रमुख आतिथ्यमा भएको बैठकमा पार्टी निर्माण र जनताको सम्बन्धका बारेमा बोल्नु भएको थियो ।
स्ववियु निर्वाचनमा अनेरास्ववियुले उम्मेदवार उठाउने
आगामी चैत ५ गतेहुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले निर्वाचन हुनेसबै क्याम्पसहरुमा उम्मेदवार उठाउने तय गरेको छ । मनोनयन फारम खरिद गर्ने समय तोकिएको समयमा सबै क्याम्पसहरुबाट मनोनयन फारम ल्याइएको अनेरास्ववियु धादिङका अध्यक्ष रक्तिम रेग्मीले जानकारी दिनु भयो ।
नीलकण्ठ बहुमुखी क्याम्पस, नमूना बागेश्वरी बहुमुखी क्याम्पस बैरेनी, मछिन्द्र बहुमुखी क्याम्पस खानीखोला, आदर्श बहुमुखी क्याम्पस गजुरी, चनद्रोदय बहुमुखी क्याम्पस विशालटार, नेत्रावती बहुमुखी क्याम्पस खहरेमा अनेरास्ववियुले उम्मेदवार उठाउन तयारी गरेको छ ।
अनेरास्ववियुले विजय हासिल गर्नका लागि स्थानीय स्तरमा नेकपा एमालेसंग सल्लाह गरि उम्मेदवार उठाउन लागिएको अनेरास्ववियुले जनाएको छ ।
१४ ओटा क्याम्पस रहेको धादिङमा यस बाहेकका क्याम्पसहरुले संगठन दर्ताको समयमा संचालक समतिले सूचना जारी नगरेका कारण स्ववियु निर्वाचन नहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस