आज:  | Sun, 22, Dec, 2024

आज होली पर्वको दोस्रो दिन तराई भागमा उल्लासका साथ मनाइयो

२३ फाल्गुन २०७९, मंगलवार २०:१० मा प्रकाशित ( १ साल अघि) ९०४ पटक पढिएको
नारी बाटिका


आज होली पर्वको दोस्रो दिन तराई भागमा उल्लासका साथ मनाइयो

धादिङ २३ फागुन मंगलवार

आज होली पर्वको दोस्रो दिन तराई भागमा उल्लासका साथ मनाइएको छ । पहाडी र हिमाली क्षेत्रमा हिजो फागुन २२ गते मनाईयो भने तराई भागमा आज होली पर्व विषेश उल्लासका साथ मनाइएको छ ।

हिन्दु धर्मालम्विहरुको विषेश चाडका रुपमा प्राचिन कालदेखी महत्वका साम मनाउदै आईरहेको यस पर्वलाई धार्मिक रुपमा असत्य माथि सत्यको विजयको प्रतीक, पारिवारिक एव् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन रही आएको छ ।

यस्तै प्राचिनकालमा हिरण्ड््यकश्यप नाम गरेका एक राक्षसले भगवानका भक्त आफ्नै भान्जा प्रलहादलाई भगवानको भक्तिमा चित्त लगाई राक्षसी समुहमा सामेल हुन नमाने पछी धेरै दुख कष्ट दिने गरेको र अनेकौं प्रयास गर्दा पनि भगवानका भक्त प्रलहादलाई मार्न असफल भएपछि वहिनी होलिका लाई विषालु स्तनपान गराई प्रलाहादलाई मार्ने आदेश दिएको थियो ।

तर भगवानका भक्त प्रलाहाद विष्णुका भक्त हुनाले होलिकाले स्तनपान गराउदै थिईन ।उनले त्यस स्तनपानबाट आएको विषसंगै पुरै शरिरमा भएको रगत समेत चुसिदिनु भएको किम्वदन्ती पाइन्छ ।
अन्त्यमा भगवान विष्णुका भक्त प्रलाहादलाई केही गर्दा पनि मार्न नसकेपछी आगोमा जलाएर मार्नको खोज्दा दैत्य हिरण्ड््यकश्यपकी वहिनी होलिका आफै आगोमा जलेर मरेकी थिइन ।

त्यस दिनदेखी होली पर्वको रुपमा फागु पुर्णिमा लाई रंगिन चाडको रुपमा लिने गरिन्छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन रहेको छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्ष अघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो ।

यसरी पर्वको नाउमा जथाभावी गर्ने विकृर्ती बढेपछी सरकारले यस्ता विकृर्तीलाई नियन्त्रण गर्नको लागी कानुन नै निर्माण गरी लागु गर्न सूरु गरेपछी विगत केही वषृदेखी फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको भयता पनि फाट्फ्ट घटना भने हुने गर्दछ ।

सडकमा काम विशेषले हिँड्ने लाई पनि इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व हिजो पहाडी जिल्लामा र आज तराईका जिल्लामा मनाइएको छ ।

यस्तै नेपालीहरुले त आफ्ना संस्कृर्ती र परमपराको रुपमा मनाउदछन् तर नेपाल घुम्न आएका पर्यटक विदेशी नागरिकहरुले पनि धुमधामको साथ मनाएको देखियो ।  साथमा फोटो सहित ः

यस नारी वाटिका टिम स्थापनाको २४ वर्षको अवशर तथा हरेक वर्ष फागुन २४ अर्थात मार्च ८ मा मनाईने ११३ औं अन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा नारी जागरण केन्द्र र नारी विकास सहकारी द्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा धादिङ देखी

कास्की,प्याग्दी,वेनी,जुम्सोङ,मनाङ, मुस्ताङ लगायतका् भ्रमण गर्ने क्रममा पन्चेबाजाको साथमा   विदेशीहरु पोखारा लगायतको स्थानामा विभिन्न रंग लगाई रमाउदै गरेको यो दृश्र्य देखियो

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस