आज:  | Sat, 28, Dec, 2024

संन्जालको परिमार्जन गरी जोखिम क्षेत्रमा विषेश प्राथमिकता साथ कार्यक्रम गर्ने निर्णय

१८ फाल्गुन २०७९, बिहीबार २०:२६ मा प्रकाशित ( १ साल अघि) १०५६ पटक पढिएको
नारी बाटिका


संन्जालको परिमार्जन गरी जोखिम क्षेत्रमा विषेश प्राथमिकता साथ कार्य गर्ने निर्णय

धादिङ, १८ फागुन ।

नेपाल प्रहरी मातहतको जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यलय अनतर्रगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लैगिक हिंसा नियन्त्रण जिल्ला संन्जाल)को आयोजनामा वुधवार अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विगत ५ वर्ष अघिदेखीनै संन्जाल स्थापना भइ नागरिक समाज बिचमा हातेमालो गर्दै सामाजिक सुरक्षा विषेश गरी लैगिक हिंसा नियन्त्रण गर्नको निमित्त प्रभावकारी रुपमा काम गर्दै आईरहेको थियो ।
तर केही समयदेखी नेपाल सरकारले संन्चालन खर्च कटौती गरेपछी जिल्लामा समुदाय बिचमा गई हिंसा र समस्याको जड पहिचान गरी संन्चालित कार्यक्रममा वाधा परेको अवस्था छ ।


जिल्ला प्रहरी कार्यालय धादिङमा वुधवार भएको सञ्जालको वैठकले लैंङिक हिंसाबाट पीडित भएकाहरुलाई तत्काल उद्धार गर्ने, प्रभावितको अधिकारको संरक्षण गर्न पहल गर्ने, आवश्यक पर्दा मनोसामाजिक परामर्श सहयोग प्रदान गर्ने, तथा स्थानीय तहहरुसंग समन्वय गरी लैंङिक हिंसा न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्याय गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिनु भयो ।

बैठकलाई सम्वोधन गर्दै सञ्जालका सल्लाहकार एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समाजमा विद्यमान लैंगिक हिंसालाई नियन्त्रण गर्न र पीडितको न्याय दिलाउने कार्यमा सहयोग पु¥याउन सञ्जालका सदस्यहरुसंग आग्रह गर्नुभयो ।

वर्तमान अवस्थामा महिला तथा बालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्दै प्रजिअ ढकालले बाहिर हुने हिंसा सबैले देख्ने गरेको भए पनि घरभित्र हुने हिंसालाई हेर्न गाह्रो रहेकोले यसतर्फ सजक रहन आग्रह पनि गर्नुभयो ।

बैठकमा सञ्जालका संयोजक एवम् धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले नेपाल प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने बताउनु भयो ।

समाजमा बढ्दै गएका लैंगिक हिंसाका घटनालाई नियन्त्रण गर्ने विगतको अभियानलाई निरन्तरता दिँदै देशव्यापी रुपमा लैंगिक हिंसा नियन्त्रणका लागि सञ्जाल गठन गरी यसका काम कारबाहीलाई थप व्यवस्थित गर्न लंैगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०७८ जारी भएको छ ।

बैठकले सञ्जालमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई समेटेर समितिलाई पूर्णता दिने निर्णय पनि गरेको छ । विगतको तुलनमा पछिल्लो समयमा प्रहरी मेरो साथी भन्ने नाराको साथ नेपाल प्रहरले समुदायका जोखिम क्षेत्रमा विषेश प्राथमिकता साथ काम गरिरहेको छ ।

केही प्रहरीहरुमा व्यत्तिगत स्वार्थ रहेको हुन सक्ला तर समग्र रुपमा विष्लेषण गर्नु पर्दा मुस्कान सहितको सेवा भन्ने नारालाई आत्मसाथ गरी जनताको जिउ धनको सुरक्षामा चाडपर्व र आफ्नो परिवार पनि नभनी खटिने प्रहरी हरु नागरिक को नजिक रहेर काम गरिरहेका पनि धेरै उधारण रहेको छ ः नागरिक समाजका प्रतिनिधीहरु वताउने गर्दछन् ।

विगतमा प्रहरी,ड्राईभर,आर्मी लाई नकारात्मक दृष्ट्रीले बझ्ने गरेका नेपाली समाज हाल परिवर्तन भएको छ भने जनमासमा लगिने सेवा र सम्वन्धलाई पनि नेपाल सरकारले सुरक्षा नितीलाई परिमार्जन गर्दै लगेको छ । यस्तै महिला, बालबालिका, जेष्ठ नागरिक तथा जोखिममा रहेका वर्गहरुको अधिकारको क्षेत्रमा र्कार्यलाई निरन्तरता दिने लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस