आज:  | Sat, 28, Dec, 2024

निर्वाचन आयोगद्धारा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागी आचारसंहिता जारी

१६ फाल्गुन २०७९, मंगलवार १८:५७ मा प्रकाशित ( १ साल अघि) १०५९ पटक पढिएको
नारी बाटिका


निर्वाचन आयोगद्धारा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागी आचारसंहिता जारी

काठमाडौँ, १६ फागुन ।

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि भोली फागुन १७ देखि चैत ५ सम्म कायम रहने गरी निर्वाचन आचार संहिता, २०७९ जारी गररेको छ । २०७९ माघ १६ मा आयोगले गरेको निर्णय अनुसार फागुन २५ मा राष्ट्रपति र आगामी चैत ३ मा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संख्या हाल कायम रहेको तीन सय ३२ र प्रदेश सभा पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचन मण्डल गठन हुनेछ ।

स्वीकृत कार्यक्रम बमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने ब्यवस्था गरिएको थियो ।

साथै आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि भैरहेको छ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचार संहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको थियो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि सोही आचार संहिता लागू भएको थियो । आयोगको निर्णय बमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी क्षेत्रका व्यक्तिहरुलाई लागु हुनेछ ।

यसैगरी सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संघ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई समेत लागु हुनेछ भनिएको छ ।

आयोगद्धारा जारी निर्वाचन आचारसहिता ,

Press Release 11-16

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस