आज:  | Thu, 21, Nov, 2024

२५ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

१५ फाल्गुन २०७९, सोमबार १९:५९ मा प्रकाशित ( १ साल अघि) ४५१ पाठक संख्या
नारी बाटिका


२५ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

 

धादिङ, १५ फागुन ।

२५ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । धादिङ अस्पतालद्धारा अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरका छन् ।

२५ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा धादिङ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संन्चार शाखाको सहयोगमा शोमवार सम्पन्न भएको कार्यक्रममा १२ जना पुरुष र ८ जना महिला गरि  २० जना रक्तदाताले रक्तदान गरेका हुन् ।

शोमवार अर्थात आज बिहान १० बजे देखि दिउसो ४ बजेसम्म भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको  रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

यसैगरी पछिल्लो चरण्मा जिल्लामा हुने रगतको अभावलाई कम गर्नको लागी विभिन्न संघ संस्था,सहकारी र बैंकहरुले आफ्नो वार्षिक कार्यक्रमको अवशरमा रक्तदान गर्दै आईरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस