आज:  | Thu, 21, Nov, 2024

नलाङ स्वास्थ्य चौकीमा संयुक्त आयोजित निशुल्क आँखा शिविर सम्पन्न, ।

११ फाल्गुन २०७९, बिहीबार ०७:५५ मा प्रकाशित ( १ साल अघि) ३८२ पाठक संख्या
नारी बाटिका


नलाङ स्वास्थ्य चौकीमा संयुक्त आयोजित निशुल्क आँखा शिविर सम्पन्न, ।

धादिङ,११ फागुन विहिवार ।

धादिङ जिल्लाको नलाङ स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सम्पन्न, भएको छ । सिद्धलेक गाउँपालिका नलाङ स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा शिविरमा २१४ जना आँखाका विरामीहरुले सेवा पाएका छन् ।

सामाजिक सेवा र सिपमुलक कार्यमा कार्यरत नेपालमा पुरानो संस्था द,रेयुकाई नेपाल र सिद्वलेक गाउँपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा २१४ जना विरामीले सेवा पाएका हुन्।

परिक्षण गराएका मध्ये ११ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएकोले शल्यक्रिया गर्नुपर्ने भएको छ । साथै ३१ जनालाई निशुल्क चस्मा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनु भएको छ ।

त्यसैगरी मोतिबिन्दुको उपचार गर्नुपर्ने विरामीहरुका लागी भने यहि फागुन १५ गतेका दिन प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा शल्यक्रिया गरिने पनि गाउँपालिकाले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस