आज:  | Sat, 28, Dec, 2024

आज ७३ औं प्रजातन्त्र दिवस काठमाडौं टुँडिखेलमा यसरी मनाइयो ।

७ फाल्गुन २०७९, आईतवार १४:२६ मा प्रकाशित ( १ साल अघि) १०७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ,फागुन ७ आईतवार

आज ७३ औं प्रजातन्त्र दिवस काठमाडौं टुँडिखेलमा यसरी मनाइयो ।

७३ औं प्रजातन्त्र दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौंको टुँडिखेलमा ७३ औं प्रजातन्त्र दिवस मूल समारोह समितिले विशेष कार्यक्रम आयोजना गरी मनाईएको छ।

काठमाडौंको टुँडिखेलमा भैरहेको ७३ औं प्रजातन्त्र दिवसका अवशरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरू सहभागी भएका थिए ।

प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनु भएको छ ।

तेस्तै सम्बोधनको क्रममा उहाँले वर्तमान सरकारको प्राथमिकता स्पष्ट पार्दै ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा
गठन भएको नयाँ सरकार राष्ट्रिय सहमति सहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै लैजाने वताउनु भयो ।

जनताको अवस्था बदल्न, सरल र सहज सेवा प्रवाह मार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरूलाई पार गर्दै प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भन्नु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस