आज:  | Fri, 22, Nov, 2024

नागरिकका सुरक्षाको लागी म कटिबद्ध छु ः वाग्मती प्रदेश प्रहरी प्रमुख दिपक थापा ।

६ फाल्गुन २०७९, शनिबार १३:११ मा प्रकाशित ( १ साल अघि) ४९३ पाठक संख्या
नारी बाटिका


नागरिकका सुरक्षाको लागी म कटिबद्ध छु ।  वाग्मती प्रदेश प्रहरी प्रमुख दिपक थापा ।

फागुन ६,धादिङ

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले नागरिकका जिउ धन र सान्ति सुरक्षाका निमित्त आफु कटिबद्ध रहेको वताउनु भएको छ ।

सुक्रवार जिल्ला प्रहरी कार्यलय धादिङको सभाहलमा सम्पन्न सरोकारवाला बिचको अन्तर्रकृया कार्यक्रममा सम्वोधन गर्दै,वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख एव्ां् प्रहरी नायव महानिरीक्षक थापाले नागरिकले सुरक्षाको अनुभूति लिने गरी काम गर्ने समेत बताउनु भएको छ ।

प्रदेश अन्तरगतका जिल्ला भ्रमण गर्ने क्रममा सुक्रवार धादिङ आउनु भएको थापाले धादिङका सरोकारवालासंग अन्तरक्रिया गर्नु भएको थियो ।उक्त कार्यक्रममा सरोकारवालाहरुले राखेका सवालको सम्वोधन गर्नु हुदै थापाले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था र अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको छ ।

समाजमा हुने गरेका अपराधिक गतिविधी नियन्त्रण र न्यूनिकरण गर्न बागमती प्रदेश प्रहरी सक्रिय भएर काम गर्ने थापाको भनाई रहेको छ । प्रहरी नायव महानिरीक्षक थापाले सुक्रवार नै जिल्ला प्रहरी कार्यालय धादिङ र धादिङ जिल्लामा रहेका मातहतका प्रहरी इकाईको अनुगमन र निरीक्षण गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने कार्य गतिविधि तथा श्रोत साधनहरुको निरीक्षण र अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन मातहतका इकाइलाई निर्देशन पनि दिनु भएको छ ।

प्रदेश प्रहरी प्रमुख थापाले तस्करी नियन्त्रण गर्ने, पीडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्ने, विगतदेखि रोकिएर रहेका मुद्दाहरुको अनुसन्धान गर्ने, फरार अपराधीहरु पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी मुस्कान सहितको कार्यमा लगाउने कार्यलाई आफुले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

वागमती प्रदेशको शान्ति सुरक्षा, साइवर अपराध नियन्त्रण, लैंगिक हिंसा न्यूनिकरण, कानूनी साक्षरता, सूचनाको हक लगायतका विषयमा प्रहरीले नेपालको कानून बमोजिम जिम्मेवार ढंगबाट कार्य सम्पादन हुने विश्वास पनि दिलाउनु भएको छ ।

कानूनी रुपमा कार्य सम्पादन गर्न नेपाल प्रहरीले पाएको जिम्मेवारी अनुुसार तटस्थतामा रहने भएकोले नागारिकहरु विस्वस्थ रहन आग्रह गर्नु हुदै थापाले कुनै पनि प्रकारको अपराध क्षम्य नहुने बताउनु भएको हो ।

कार्यक्रममा धादिङ जिल्लामा सक्रिय रुपमा कार्यरत सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको जिज्ञासामा आफ्नो धारणा व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक थापाले पछिल्ला समय मा साइवर अपराध र आत्महत्याको घटना वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस