आज:  | Fri, 22, Nov, 2024

नौबिसे स्थित त्रिभुवन राजपथमा सवारी दुर्घटना तथा फरार अभियुत्त हरु पक्राउ ।

४ फाल्गुन २०७९, बिहीबार ०९:०१ मा प्रकाशित ( १ साल अघि) ५३५ पाठक संख्या
नारी बाटिका


फागुन ४ वुधवार, धादिङ

फागुन ३ गते अं।२०ः०० बजेको समयमा धादिङ धुनिवेशी न.पा.७ नौबिसे स्थित त्रिभुवन राजपथमा काठमाण्डौबाट गजुरी तर्फ जांदै गरेको ना ५ ख १५६० नं.को बस र बिपरित दिशाबाट जांदै गरेको बा २० च ६६७० नं.को कार एक(आपसमा ठक्कर खांदा कार चालक धुनिवेशी न.पा.८ का वडा अध्यक्ष बर्ष ४५ को रामकृष्ण रेग्मी घाईते भएका छन् ।

घाईते रेग्मी लाई उपचारको लागी नर्भिक अस्पताल काठमाण्डौ पठाएको, छ । उनको निधारमा चोट,लागेकोले हाल नर्भिक अस्पताल काठमाण्डौ उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता श्याम व.खत्रीले जानकारी दिनु भएको छ । उक्त घटनाका बस र चालक ईलाका प्रहरी कार्यलय खानिखोलाको नियन्त्रणमा रहेको जनाईएको छ ।

यसैगरी आज फागुन ४ गते गयराती अं. १२ः४५ बजेको समयमा धादिङ धुनिवेशी न.पा. खानिखोला स्थित त्रिभुवनराजपथ सडकखण्डमा काठमाण्डौबाट गजुरी तर्फ जादै गरेको बा २ क ५६३३ नं।को टिपरले पैदल यात्री धादिङ धुनिवेशी ६ गैरीगाँउ बस्ने बर्ष ६५ को रामकृष्ण श्रेष्ठलाई ठक्कर दिदा घाईते भएका छन् ।

टिपरको ठक्करबाट गम्भिर घार्ईते भएका श्रेष्ठलाई उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएकोमा बिहान ४ः५० बजे उपचारको क्रममा उनको मृत्यु भएको्र छ । साथै टिपर र चालक अहिले ईलाका प्रहरी कार्यलय खानिखोलाको नियान्त्रणमा रहेको प्रवक्ता खत्रीले जानकारी दिनु भएको छ ।

तेसैगरी ईलाका प्रहरी कार्यलय खानिखोलाले फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय खानिखोलाबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्दामा नगद रु,२ हजार जरिवाना तोकिएको धादिङ थाक्रे गाउँपालिका ८ बस्ने बर्ष ५२ को अर्जुन हमाल लाई यही फागुन ३ गते नियन्त्रणमा लिएको हो ।

यसैगरी ईलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको प्रहरी टोलिले लागु औषध मुद्दामा धादिङ जिल्ला अदालतबाट नगद १० हजार जरिवाना, र १ बर्ष,५ महिना,९ दिन कैद तोकिएका धादिङ गजुरि ८ बस्ने बर्ष ४० का नवराज अधिकारि र अर्का लागु ,औषध मुद्दाकै ९ महिना कैद

तोकिएको र अर्का ऐ ऐ बस्ने बर्ष ५५ का रबिलाल अधिकारी लाई आज फागुन ४ गते नियन्त्रणमा लिएको प्रहरी कार्यलय धादिङका प्रवत्ता श्याम व.खत्रीले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस