आज:  | Thu, 21, Nov, 2024

इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत सम्वन्धि प्राविधिक सिप विकास तालिम ।

२ फाल्गुन २०७९, मंगलवार ०८:४१ मा प्रकाशित ( १ साल अघि) ४३० पाठक संख्या
नारी बाटिका


धादिङ, ०२ फागुन
नारी वाटिका खबरदाता।

इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत सम्वन्धि प्राविधिक सिप विकास तालिम ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकामा प्राविधिक क्षमता बिकास सम्वन्धि ४५ दिने तालिम फागुन १ गतेदेखी सुरु भएको छ । सो तालिममा इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत लगायतका प्राविधिक ज्ञान सिप दिलाउने उद्देस्यले तालिम संन्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँमा सयौं बेरोजगार बसेका युवाहरुलाई लक्षित गरी प्राविधिक ज्ञानमुलक सिप सिकाई आत्मनिर्भर बनाउने मख्य उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाकाका अध्यक्ष राजु उप्रेतीले बताउनु भएको छ ।

विगतका तिनै तहका सरकारले अधिकांश बजेट विनियोजन गर्दा बिकासमा सडक,स्कुल,तथा भौतिक निर्माणमा मात्रै छुट्याईने परिपाटी रहेकोले मानविय क्षमता तथा प्राविधिक बिकासलाई प्राथमिकता दिन नसक्दा लाखौं युवाहरु विदेश पलायन हुनुपर्ने वाध्यता थियो ।

तर पछिल्लो स्थानिय निर्वाचनबाट केही युवावर्गहरु निवाृचित भई आएका छन् । आफुसंग शिक्षा हाँशिल गरेको सर्टिफिकेकट भएर पनि वेरोजगारी बस्नु परेको समस्यामा बुझाई भएकोले पनि वेरोजगार युवाहरुलाई प्राविधिक क्षमता र सिम विकासमा विषेश जोड दिईने पालिका अध्यक्षको भनाई रहेको छ ।

अनगिन्ती वेरोगारी वर्गाको समस्यालाई संवोधन गर्नका निमित्त तथा परिवारको साथमा रहेर आफ्नै देशमा बसेर सिप सिकि आत्मनिर्भर बन्न र स्वरोजगारी बनाउने लक्षले उक्त गाउँपालिकाले इलेक्ट्रोनिक्स सामाग्रीहरु मर्मत सम्भार तालिम संचालन गरेको हो ।

गाउँ मा बरोजगारी बढ्दै गएपछि युवाहरुलाई लक्षित गरी स्वरोजगारी बनाउने उद्धेश्यले पालिकाले विभिन्न सिप मुलक तालिमहरु संचालन गर्दै आइरहेको छ ।

हिजो फागुन १ देखि सुरु भएको तालिममा गाउँपालिका भित्रका १६ जनाको सहभागिता रहेको छ । साथै तालिम ४५ दिनसम्म संन्चालन हुने सुचना अधिकारी सुरेश रिजालले जानकारी दिनु भयो ।

सो तालिम उद्घाटन समारोहमा गाउँपालिकाकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरु,स्थानिय सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस