आज:  | Fri, 22, Nov, 2024

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ मा सम्पन्न ।

२६ माघ २०७९, बिहीबार १४:१२ मा प्रकाशित ( १ साल अघि) ५०५ पाठक संख्या
नारी बाटिका



दाङ — लुम्बिनी प्रदेश, माघ २६
नारी वाटिका समचारदाता

दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्य उप निर्वाचनको कार्यालय लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको थियो  ।

निर्वाचन कार्यालय स्थापना भएपछी निर्वाचन कार्य तालिका सार्वजनिक भई यही माघ २५ मा निर्वाचन सम्पन्न गरिएको हो ।
एमालेका खिमलाल भट्टराईले प्रतिनिधि सभा निर्वाचनका क्रममा राजिनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

रूपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रियसभा सदस्य छोडेका थिए ।
तेस्तै लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ मा सम्पन्न पछी निर्वाचन आयोगका प्रवत्ता शालिग्रराम शर्मा पौडेल द्धारा प्रेस विज्ञप्ति जारी गर्नु भएको छ ।

प्रेस विज्ञप्ति
मितिः २०७९ माघ २५ गते
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उप निर्वाचन सम्पन्न ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज मिति २०७९।१०।२५ मा लुम्बिनी प्रदेशको दाङमा उप निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहनु भएका श्री कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम
प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहनु भएका श्री माधव प्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गर्नु भएको थियो । यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहनु भएका श्री राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गर्नु भएको थियो । यस उप निर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष् ातथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहनु भएको थियो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गर्नु भएको थियो । यस निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रतिमतदाता ४८ मतभार रहने कानुनी व्यवस्था रहेको छ ।

शालिग्राम शर्मा पौडेल
सह सचिव एवं प्रवक्ता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस