आज:  | Fri, 22, Nov, 2024

एकै पटक नौ महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा जिल्ला खटिए ।

२५ माघ २०७९, बुधबार १६:०८ मा प्रकाशित ( १ साल अघि) ५७८ पाठक संख्या
नारी बाटिका


 

काठमाण्डौ,माघ २५

नौ महिला एकै पटक प्रमुख जिल्ला अधिकारी )सिडिओ) मा जिल्ला खटिएका छन् । गृह मन्त्रालयले हालै सरुवा गरिएका प्रमुख जिाल्ल अधिकारीहरु मध्य एकै पटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नियुत्ती पाई खटिएका हुन् ।

नौ जिल्लाको जिल्ला सुरक्षा तथा कर्मचारीको प्रमुख कमान्ड सम्हाल्ने अवशर प्राप्त गरेका महिला सिडिओ को यो संख्या हाल सम्मकै ठूलो मात्रै नभई पहिलो पनि हो ।

यस अघि फाट्ट फुट्ट महिला सिडिओ खटाउने गरिएकको भएता पनि पछिल्लो पटक यति धेरै संख्यामा पहिलो पटक नौ महिलालाई प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी दिई जिल्ला खटाइएको छ ।

गृह मन्त्रालयका अनुसार चार जिल्लामा सह सचिव र पाँच जिल्लामा उप सचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । उनीहरू सबै उपसचिव तहका हुन् ।

त्यसैगरी धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिव तहको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनी कुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ लाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी प्रदान गरिएको हो। उनीहरू सह सचिव तहका हुन् ।

त्यस्तै नौ जिल्लाले पहिलो पटक महिला सिडिओ पाएको हो  । नेपालको विगट जिल्ला मानिने ताप्लेजुङ जिल्लामा पनि यही १८ माघमा चेम्जोङ सिडिओ बनेर जिल्ला पुग्नु भएको थियो ।

त्यस जिल्लामा हालसम्म ४७ जना सिडिओ बनेर आईसकेका छन्  तर महिला सिडियो बनी आएका भने यो पहिलो पटक हो, भन्दछन् स्थानिय वासीहरु । चेम्जोङ यसअघि भोजपुर र सिन्धुपाल्चोक जिल्लाको सिडिओ बनी काम गरी सक्नु भएको थियो ।

त्यस्तै धनकुटा जिल्लामा पनि पहिलो पटक महिला सिडिओ पठाएको हो । यस अघि रामेछापमा सिडिओको जिम्मेवारी पाई सक्नु भएकी लीलाकुमारी केसी पाण्डेलाई गृह मन्त्रालयले उक्त जिल्लामा खटाएपछि अघिल्लो सोमबार धनकुटा पुग्नु भएको छ ।

मनाङ जिल्लामा सुभद्रा खनाल ढुंगेल, हुनुहुन्छ। उहाँ गत माघ १२ मा मनाङको सिडिओ बनेर जानु भएको हो । साथै सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाललाई मन्त्रालयले खटाएपछी उक्त जिल्लामा पनि पहिलो पटक महिला सिडिओ बनेर गएका थिए ।

सहसचिव रोशनी श्रेष्ठ बाग्लुङको सिडिओ बनेर जाँदै हुनुन्छ । यसको निर्णय गृह मन्त्रालयले आइतबार नै गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस