आज:  | Thu, 21, Nov, 2024

पालिकाको सयुक्त आयोजनामा पोषण तथा क्षमता विकास तालिम कार्यक्रम सम्पन्न ।

२० माघ २०७९, शुक्रबार ०७:०७ मा प्रकाशित ( १ साल अघि) ४३१ पाठक संख्या
नारी बाटिका


धादिङ,२० माघ ।

ज्वालमुखी, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य कार्यकर्ताहरुको लागि धादिङ बेशीमा शुत्रबार देखि संचालित उक्त ७ दिने तालिम हिजो एक कार्यक्रमका साथ सम्पन्न भएको हो । गर्भवती,सुत्करी आमा तथा नवजात शिशुको लागी विषेश पोषण कार्यक्रम सम्बन्धीे दोस्रो चरणको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको जनाएको छ ।

तालिममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल माध्यमद्धारा ज्ञान, सिप र क्षमता वृद्धीको लागी प्रोत्साहन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

यसैगरी कुपोषण भएका बालबालिकाहरुको लागी विषेश कार्यक्रम नै संन्चालन गरी व्यवस्थापन गर्न स्वास्थ्य कार्यकर्ताहरुको प्राविधिक ज्ञान, सिप र क्षमता विकास गर्न यस तालिमले निकै सहयोग पुग्ने छ भएको ले पालिकाहरुले यस तर्फ विषेश प्राथमिकता दिई कार्य गर्ने विषयमा छलफल गरिएको थियो ।

तालिम निकै प्रभावकारी रहेको भन्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले रोग लागेपछि उपचार भन्दा रोग लाग्नै नदिन ठूलो कुरा भएको भन्दै पोषण तालिमले दिर्घकालिन फाइदा पुग्ने बताउनुभयो ।

गर्दा सहभागीहरुले आ–आफ्नो पालिकाका राम्रो अभ्यास र समस्याबीच छलफल गर्नुको साथै स्रोत साधनको उपयोगिताको प्रयत्न के रहेछ भन्ने जानकारी आदान प्रदान गर्न समेत सहज भएको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस