आज:  | Thu, 09, Jan, 2025

राहदानी सेवालाई छिटो र छरितो बनाउन कार्ययोजना तयार गर्ने ।

१३ माघ २०७९, शुक्रबार १०:१२ मा प्रकाशित ( १ साल अघि) ४४४ पटक पढिएको
नारी बाटिका


 राहदानी सेवालाई छिटो र छरितो बनाउने राहदानी विभागको दावी ।

काठमाण्डौ , माघ १३ सुक्रवार

पछिल्लो समयमा विदेशिने युवा वर्गको संख्या बड्दै गएकोले जिल्ला प्रशासन कार्यलय तथा सम्वन्धित निकायमा नागरिकको अत्याधिक भिड लाग्ने गरेको छ । यहि भिडलाई व्यवस्थापन गर्ने उद्देस्यले राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर समस्या समाधान गर्ने तयारी गरेको छ ।

राहदानी लिनका लागि विभागमा विहानै देखी सेवाग्राहीको भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।
जिल्लामा प्रति हप्ता २ सय सम्मको कोटा निर्धारण गरी राहदानी दिने नियम लगाएपछी पछिल्लो दिनमा सेवाग्राहीमा अझै धेरै समस्या र हप्तामा ५ दिन सम्म कुरी अनलाईन फारम भरी त्यो डकुमेन्ट पेश गर्न पनी दिनभर लाईन लाग्नु पर्ने समस्या बडदै गएपछी यस कार्ययोजना निर्माण गरी कार्यन्वयन गर्न लागिएको हो ।

विभागमा भने अलि छटो पालो आउने आशमा विभागमा समेत सधैँ सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण भिडलाई घटाउन कार्ययोजना बनाएर जाने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “सेवाग्राहीहरु घण्टौँ सम्म लामो लाइन बस्नु समस्या समधान गर्नका लागी कार्ययोजना बनाएर जाने तयारी गरेका छौँ तर कस्तो कार्ययोजना बनाउने भन्ने विषयमा चैं गृहकार्य भईरहेको जनाएको छ ।”
कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि मात्रै कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ रहेको छ ।
राहदानी विभागमा अबका दुई तीन महिना भित्रमा यस्ता समस्याको सुधार हुने उहाँको दाबी छ । विभागको सफ्टवेयरमा आउने समस्या देखि अन्य विविध कारणले सेवाग्राही दिनभर लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो हुंदै आएको छ ।

यस अघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिनु भएको थियो । राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ ।

अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि पनि साइट नचल्ने, बल्लतल्त साइट खुलिहाले पनि आवेदन पेश गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।
यता राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले दावी गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस