आज:  | Fri, 22, Nov, 2024

नयाँ सरकारको निर्माण भए संगै सशस्त्र प्रहरी उपरीक्षकको सरुवा धमाधम हुन थाल्यो ।

६ माघ २०७९, शुक्रबार २०:३१ मा प्रकाशित ( १ साल अघि) ४४२ पाठक संख्या
नारी बाटिका


 

काठमाण्डौ माघ ६

नयाँ सरकारको निर्माण भए संगै सशस्त्र प्रहरी उपरीक्षकको सरुवा धमाधम हुन थालेको छ । सुक्रवार मात्रै सशस्त्र प्रहरी बलका ९७ सशस्त्र प्रहरी अधिकृत उपरीक्षक एसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको पदबहाली भएसँगै धमाधम गरेको सरुवा प्रणालीलाई नितीसंवत बनाइने लक्ष अनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको हो ।

सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

१० नं.गण हेडक्वार्टर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नं ४ मुक्ति नाथ बाहिनी मुख्यालय कास्की,सशस्त्र प्रहरी बल ११ नं गण हेडक्वार्टर रौतहटमा कार्यरत ध्रुवबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

त्यसैगरी २ नं सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत रमेश कुमार पाण्डेलाई सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वार्टर सप्तरीमा सरुवा गरिएको छ ।

त्येसैगरी सशस्त्र बलका प्रवक्ता, वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जिम्मेवार नपाएका सशस्त्र प्रहरी उपरीक्षकलाई विषेश प्राथमिकता दिई सरुवा गरिएको वताउनु भएको छ । अहिलेसम्म कमान्डको जिम्मेवारी नपाएकालाई पनि प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमान्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरिएको हो उहाँले भन्नु भयो

एक मात्र कमान्ड गरी हाल कमान्डमा रहेका सशस्त्र प्रहरी उपरीक्षकलाई कमान्ड अवधि पूरा नभएसम्म कमान्डमा रहने गरी सरुवा गरिएको प्रवक्ता थापाले बताउनु भएको छ । विगतमा सशस्त्र प्रहरी बलले पूर्वानुमान लाई आधार मानी सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी, प्रहरी निरीक्षक इन्स्पेक्टर लाई प्रकृया अनुसार सरुवा कार्यान्वयन गरिसकेको जनाएको छ । आगामी दिनमा पनि सरुवा र बढुवालाई परिमार्जन र परिस्कृत गरी यस प्रणालीलाई प्रभावकारी कार्यान्वयनमा लगिने प्रवक्ता थापाले बताउनु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस