आज:  | Mon, 07, Apr, 2025

रेडियो धादिङ संन्चालक, ग्रामीण संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास खतिवडा चयन ।

२९ पुष २०७९, शुक्रबार २०:१५ मा प्रकाशित ( २ साल अघि) ११९८ पटक पढिएको
नारी बाटिका


धादिङ २०७९ पुस २९
रेडियो धादिङ संन्चालक संस्था ग्रामीण संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास खतिवडा चयन हुनु भएको छ । शुक्रबार धादिङबेसीमा सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट खतिवडा सर्व सम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो ।

खतिवडा ग्रामिण संन्चार सहकारीद्धारा संन्चालित रेडियो धादिङ १०६ मेगाहर्जको संस्थापक स्टेशन मेनेजर पनि हुन् । रेडियो धादिङ १०६ मेगाहर्ज संचालन गर्दै आएको ग्रामिण सहकारी संस्थाको संन्चालक समितीमा उपाध्यक्षमा दामोदर अर्याल,कल्पना अधिकारी र सचिवमा राधिका सापकोटा, कोषाध्यक्षमा कृष्ण प्रसाद लम्साल र सह सचिवमा निरु खरेल चयन हुनु भएका छन् ।


यस्तै उक्तअधिवेशनले लेखा सुपरिवेक्षण समिति संयोजकमा रमेश अधिकारी र सल्लाहकार समितिको संयोजकमा गुरु प्रसाद बुर्लाकोटीलाई चयन गरेको छ । अधिवेशनले कुमार प्रसाद पाण्डेको संयोजकत्वमा ११ सदस्यीय रेडियो संचालन सहयोग समिति समेत चयन गरेको छ ।

साधारण सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा सुरु भएको यस संन्चार सहकारीले संचालन गरेको रेडियो धादिङ मार्फत अहिले पनि दर्शक स्रोताहरु निरन्तर बढिरहेको बताउनु भयो । सुरुवातको समयमा भएको उत्साहलाई निरन्तरता दिदै सहकारीलाई अझ व्यवस्थित र संस्थाद्धारा संन्चालित रेडियोलाई बलियो बनाउन संस्थका सवै शेयर सदस्यहरु लाग्नु पर्ने बताउनु भयो ।

२०६३ सालमा ग्रामीण संचार सहकारी संस्था लिमिटेडको स्थापना गरी २०६४ सालदेखि सहकारीले रेडियो धादिङ १०६ मेगाहर्ज संचालन गरिरहेको छ । आगामी दिनमा टेलिभिजन पनि प्रसारणमा ल्याउने तयारी थालिएको सहकारीका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादी पार्टीका नेता गुरु प्रसाद बुर्लाकोटीले जानकारी दिनु भयो ।

नव निर्वाचित अध्यक्ष खतिवडाले जिल्लाको अभिभावक संचार माध्यमको रुपमा रेडियो धादिङ लाई जिल्लाको नमुना रेडियो बनाउन आफू प्रतिवद्द भएर लाग्ने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस