आज:  | Fri, 27, Dec, 2024

पाल्पामा बस दुर्घटना हुंदा ६ जना महिला तथा बालिकाको मृत्यु , १८ घाइते ।

२२ पुष २०७९, शुक्रबार १७:४१ मा प्रकाशित ( १ साल अघि) ७५३ पटक पढिएको
नारी बाटिका


पुस २२ पाल्पा

तानसेन पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सालझण्डी ढोरपाटन सडकको सत्यवती, खुर्सानेको मधुवनमा दुर्घटना भएको हो । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जना महिला तथा बालिकाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएकोछ ।
तेस्तै उक्त दुर्घटनामा घाईते भएका १८ जनाको बुटवलको लुम्विनी प्रादेशिक अस्पताल र जितगढीको एडमन सिटी हस्पिटलमा उपचार भइरहेको जनाएको छ । घाइते हुने रैनादेवी छहारा गाउँपालिका ८ का रहेका पाल्पा प्रहरीले जनाएको छ । घाइतेहरु २२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षीय चेतबहादुर दर्जीलाई बुटवलको एडमन सिटी हस्पिटल लगिएको छ।अन्य घाइते हुनेहरुमा ७२ वर्षीया पूर्णकला दर्जी, ६० वर्षीया यमकला रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी पाण्डे, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाँहा, ९ वर्षीया अप्सना रास्कोटी, ३५ वर्षीया पवित्रा भनिने फर्सिकला पाण्डे, २८ वर्षीया बर्षा भनिने लिमकली पाण्डे र निजकीछोरी ३ महिनाकी आर्या पाण्डे, ७३ वर्षीया श्यानिकला पाण्डे रहेका छन्। उनीहरुको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले बताए ।
उक्त बस सवारी चालकका अनुसार एक्कासी ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । घटनास्थल सालझण्डी–ढोरपाटन सडक खण्ड अन्तर्गत रुपन्देहीको सालझण्डी देखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस