आज:  | Fri, 27, Dec, 2024

अवैधानिक रुपमा संन्चालित क्रसर उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले गर्यो परिपत्र ।

२१ पुष २०७९, बिहीबार १४:१६ मा प्रकाशित ( १ साल अघि) ९३० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ,२१ पुस ।

विभिन्न जिल्लाका स्थानहरुमा अवैधानिक रुपमा संन्चालित क्रसर उद्योगहरु बन्द गर्नको लागी गृह मन्त्रालयले परिपत्र गरेको छ ।
बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीहरु लाई परिपत्र गरी निर्देशन दिएको हो। गृह मन्त्रालयले एक सुचना प्रकाशित  गरी दर्ता नभएको क्रसर उद्योग बन्द गर्न आफ्नो मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन गर्ने क्रसर उद्योगलाई नियमनका लागि जिल्ला प्रशासन कार्यmयलाई निर्देशन गरेको हो ।
कानुन् विपरीत संन्चालन भएका ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र दोहन गर्ने कार्यलाई तत्काल नियमन गर्न, वातावरण संरक्षण ऐन २०७६ को पालना सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले यो परिपत्र जारी गरिएको गृह मन्त्रालयद्धारा प्रकासित सुचनामा जनाएको छ ।

विभिन्न आयोजनाहरु निर्माण गर्दा सो कार्यको लागी आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा लगायतको उत्खननको अनुमति पाएको उद्योग र निर्माण व्यवसायीले आयोजना सम्पन्न भएपछि पनि ति उद्योग र निर्माण व्यवसायीले उल्लेखित गरिरहेको पाएमा छानबिन गरी तत्काल बन्द गर्न परिपत्रमा जानकारी गराएको छ ।
अवैतानिक रुपमा संन्चालित उद्योग र निर्माण व्यवसायीहरुमा स्थानीय प्रशासन मार्फत अनुगमन, निरिक्षण हुने र अनुमति नलिएका तथा दर्ता नभएका,दर्ता भएर पनि नियम अनुसार लेखापरिक्षण,नविकरण, कर चुक्ता, नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन गरिरहेका उद्योग क्रसरहरु फेला परेमा तत्कालै बन्द गरिने गृह मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस