आज:  | Sun, 08, Sep, 2024

सरकार फेरिदैमा न्याय मिल्छ भन्ने आशा हरायो न्यायको लागी भौतारी रहेका बाँकेका पिडितहरुको गुनासो ।

१९ पुष २०७९, मंगलवार १८:५२ मा प्रकाशित ( १ साल अघि) २७४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — १९ पुस
नारी वाटिका समचारदाता
सरकार फेरिदैमा न्याय मिल्छ भन्ने आशा हरायो न्यायको लागी भौतारी रहेका बाँकेका पिडितहरुको गुनासो रहेको छ । देशमा सरकार फेरिदैमा सर्वसाधरण नागरिकले न्याय पाउन नसकिने कुरा निर्मला ेकुर्मीको न्यायको लागी पटक पटक सडकमा भौतारी हिडेका महिला अधिकारकर्मीले वताएका छन् ।
चुनावका वेला भोट लिनका लागी राजनितिक दल र दलका नेताले लोकप्रिय आस्वाशन दिने गरेका र सत्तामा गईसकेपछी जस्को सरकार र जो नेता नेतृत्वमा आए पनि जनताले न्याय पाउन नसकिने रहेछ ,त्यसैले पनि हामी अन्यायमा परेमा महिलाको आशै मरि सक्यो भन्छन् बाँकेका निर्मला कुर्मीका आफन्तहरु…..


बाँके परस्परकी ४३ वर्षीय आब्दा दर्जी माइती घरको पेटीमा कार्पेट ओछ्याएर खाली खुट्टा जाडोले थरथर काँपेर काठमाण्डौमा यो पुसे चिसोको सामाना गर्दै न्यायको लागी कुरी बसेकी छिन् । चिसोको कारण उनका ओठ पट्पटी फुटेका छन् र पनि आफ्नो ज्यान भन्दा पनि अपराधीहरु लाई बचाउनकै लागी सरकार फेरीने वित्तिक्कै विभिन्न वहाना बनाउदै अत्यादेश ल्या उने,हामी अन्यायमा परेका लाई न्याय दिन नखोज्ने विगतका सरकारले त दिएनन् अब नयाँ सरकार आएका छन् । विगतमा पनि गृहमन्त्री नै आएर हामीलाई न्यायको वचन दिनुभएको भएतापनि न्याय पाउन सकेनौ । तर रवी लामिछाने पत्रकार भएर टेलीभिजनमा काम गर्दा हामी जनताको हितमा बोल्नु हुन्थ्यो, कयौं विदेशमा अलपत्र परेका नेपाली लाई बचाउनु भयो,न्याय दिनु भयो ।अहिले उहाँ यो देशको मंन्त्रि भैसक्नु भएको छ, रवी लामिछाने नै यो देशको गृहमंन्त्रि बनिसके पछी अब त हामीले न्याय पाउँछौ होला भनेर खुशी भएका थियौं तर ५।६ दिन भैईसक्यो हामी यो काठमाण्डौको सहनै नसकिने मध्य पुसको कठ्याँग्रिंदो चिसोमिा माईतीघरको सडकपेटी कुरेर बसेको सरकारले कुनै वास्ता गरेको छैन उनको गुनासो रहेको छ । आब्दाको जस्तै समस्या भोगिरहेका अन्य १३ जना महिलाहरु पनि छन् । सडकमा गुडिरहेका सवारी चाप र ट्राफिकले फुकेको सिठीको आवाजले कानको जाली नै फुट्ने वेला भैईसक्यो थप्दै भन्छिन् उनि……. ।


महिला अधिकारकर्मी तथा महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा काठमाण्डो आइपुगेका उनीहरू निर्मलाका आफन्त पनि होइनन् । तर उनीहरू महिलाको न्याय र अधिकारको लागी आन्दोलनमा लागेको बताउँछन् । यिनीहरू पढेलेखेका छैनन्, शुद्ध नेपाली भाषा समेत राम्रो नबोल्ने उनीहरू सामान्य मुस्लिम महिलाहरू हुन् ।
निर्मला कुर्मीको न्यायकै लागि यो तेस्रो पटकको धर्ना हो ।
रुबी खान, सकिना तेली, निशा बेहेना लगायत लाई काठमाण्डौको बारेमा केही जानकारी छ भने सुकरानी चमार, माक्रोन दर्जी, रुपा सिंह, बानी चमार, फतिमा बेहना, सायदा दर्जी र फतिमा सलिमुन भने पहिलोपटक आन्दोलनमा काठमाडौं आइपुगेका हुनाले उनिहरुलाई नयाँ ठाउँको बारेमा केही जानकारी छैन ।
आब्दा, गीता चमार एकल महिला हुन् मृतक ‘निर्मला कुर्मी पनि एकल महिला नै थिइन्, निर्मला कुर्मीले परिवारको साथ नपाउदा आफूसँग भएको सम्पत्तिका कारण मारिन पुगिन् । अहिले निर्मलाले न्याय पाए हामीले पनि बाँच्ने आधार पाउँछौं भन्ने लाग्छ,’ अव्दाले भनिन् ।गृहमन्त्रिले कुर्मीको हत्या प्रकरणमा आफुले छानविन गर्ने र पिडितलाई न्याय दिने आसपासन देखाएका भएतापनि खासै ठोस कदम भने चालिएको छैन ।
हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिनको लागी फेरी तेस्रो पटक अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।हाम्रो समाजमा दिनानु दिन लैगिक हिंसा बढी रहेछ । लैंगिक हिसा का पिडतले न्यायकै लागी सडकपेटी,बाँचुन्जेली राज्यको न्यायलय धाउदा पनि न्याय पाउन सकिरहेका छैनन् ।

चुनावका वखत ठुला ठुला भाषण गर्ने हाम्रा नेताहरुको कानमा पिडितहरुको रोदनले खासै आवाज दिन सकेको छैन । यो गुनासो पुसको जाडो मौसम काठमाण्डौको सडक पेटी धाउदै गरेका बाँकेका निर्मला कुर्मीका शुभचिन्तक तथा समाजसेवीले निकै अघि देखी गर्दै आएका भएता पनि न्याय पाउन सकेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस