आज:  | Sun, 08, Sep, 2024

कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य तथा गृह मंन्त्रालयको अनुरोध ।

१३ पुष २०७९, बुधबार २०:१९ मा प्रकाशित ( १ साल अघि) २८४ पाठक संख्या
नारी बाटिका


धादिङ — २०७९ पौष १३

छिमेकी देशहरुमा कोभिड–१९ संक्रमण दर तिव्र गतिमा बढिरहेकाले नेपाल सहित धादिङमा पनि संक्रमणको जोखीम उच्च रहेकोले सतर्कता अपनाउन सम्वन्धित सवैलाई अनुरोध गरिएको छ । गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायलाई स्वास्थ्य सतर्कता अपनाउन पनि निर्देशन दिएको छ । सक्रमित व्यक्तिबाट एकै पडकमा १० जना भन्दा बढीलाई भाईरस सर्न सक्ने तिव्रगतिमा फलिएको यस भाईरसको उच्च जोखिम रहेको हुंदा धेरै मानिस भिडभाड हुने स्थानमा बडी जोखिम रहने भएको भन्दै पौष ७ देखी १७ सम्म धादिङ वेशीमा जारी महोत्सवमा आउने सवैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरिएको हो ।
स्वास्थ्य कार्यलय बैठकले सार्वजनिक तथा सबै यातायतका साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु नराखी अनिवार्य रुपमा स्वास्थ्य सुरुक्षाका मावदण्ड अवलम्बन गर्न लगाउने, सबै स्थानिय तहका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परिक्षणको व्यवस्था मिलाउन अनुरोध गर्ने, आईशोलेसन वार्ड व्यवस्थापनको लागी शहरी विकास तथा भवन निर्माण र नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्ने,अस्पतालमा थप १५ वटा एचडियू, ५० ओटा आईशोलेसन बेड सञ्चालन गर्न स्थानिय तहलाई अनुरोध गर्ने आदी निर्णय समेत गरेको छ ।
धादिङ अस्पतालले कोरोना संक्रमित उपचारको लागी आएमा तयारीमा रहेको जनाएको छ । अस्पतालले सरोकारवालाहरुको सहभागितामा शोमवार एक बैठकको आयोजना गरी ४५ बेड अक्सिजन सहित तयारी अवस्थामा राखिएको कुरा जानकारी गराएको हो। जापानमा चलिरहेको कोरोना भाइरसको आठौँ लहरमा दुई लाख छ हजार भन्दा बढी सङ्क्रमित भएका जनाएका छ ।
गत अगस्ट २५ यता पहिलो पटक छिमेकी देशहरुमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढीरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जापानमा एकै दिन २१ हजार भन्दा बढी नयाँ सङ्क्रमितको संख्या थपिएको पनि जनाईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस