आज:  | Fri, 22, Nov, 2024

प्रचण्ड (पुष्पकमल दाहालको हातमा सत्ता पल्टियो,तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त । सोमबार ४ बजे शपथ ग्रहण गराउने तयारी ।

१० पुष २०७९, आईतवार २०:२२ मा प्रकाशित ( १ साल अघि) ४७३ पाठक संख्या
नारी बाटिका


 

 

 

काठमाडौँ —पौष १०
प्रचण्ड (पुष्पकमल दाहालको हातमा सत्ता पल्टिएकाृ छ उनी तेस्रो पटक पुनः प्रधानमन्त्रीमा नियुक्ती भएका छन् ।
नेपालका ठुला दल भनाउदाहरुमा आ आफुमा घमण्ड भएपछी गएको मंसिर ४को निर्वाचनमा कुनै दलको पनि वहुमत आउन सकेन । कुनै समयमा नेपालको पहिलो पार्टी बनेका माओवादी पाटीृ आफ् बाँचुनजेली पार्टीको अध्यक्ष छोड्न नखोज्ने पुष्पकमल दाहालकै कारण चिरा चिरा काँक्राको चिरा झै परी पार्टीभित्रका शक्तिशाली नेताहरु कोही एमालेमा,कोही जसपा त कोही काँगे्रसमा प्रवेश गरी गरी पार्टी खिईदै यस निर्वाचनमा तेस्रो दल बनेको माओवादीको प्रत्यक्ष तर्फ जम्मा ३२ सिट मात्रै आयो । तैपनि चुनाव जितेर गएका नेताहरुको व्यक्तिगत स्वार्थले नेपाली जनता वाक्क र दिक्क भएपछी यस संघिय निर्वाचनमा जनताले विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई भोट दिएर चौथो पार्टीको रुपमा उभाई दिए । नेपालका ठुलादल लाई नत वहुमत,नत अल्पमत….अपुरो सिट जितायर एकै दलले सरकार बनाउन नसक्ने अवस्था सिर्जना गराई दिए पछी दुई भन्दा वढी दल मिलेर मात्रै सरकार बनाउन सक्ने अवस्था रह्रयो । तर जता जस्को नेतृत्वमा सरकार बने पनि ३२ सिटे माओवादी हिरो मात्रै बनेन सरकार निर्माणका लागी निर्णायक बन्न पार्टी बन्न पुग्यो ।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा पदिय भगवण्डा नमिले पछी आफ्नो हातमा एमाले काँगे्रसलाई नचाउन मायुर माओवादी अध्यक्ष पुष्पकमल दाहाल डौडेर बालकोटमा पुगेका थिए । भने अर्का चतुरा यस अघी पनि बाम पार्टी एकिरणको नाउमा आफ्नो हत्केलामा राखेर दाहाललाई फुँई फुँई नचाउन मायुर हाँश्य कलाकारको रुपमा परिचित केपी शर्मा वलीको बोलीमा दंग पर्दै,दाहालले दोस्रो ठूलो दल नेकपा एमाले सहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका हुन् ।
८९ सिट पाएर प्रत्यक्ष तर्फ पहिलो पार्टी बनेता पनि काँग्रेस सभापती शेर वहादुर देउवाको केही दाल चलेन र ठुला दल काँगे्रसलाई सडकमा झारेर प्रधानमन्त्री पदमा देशकै तेस्रो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा सत्ता पल्टिएको हो । माओवादीले सत्ताको चावी लिएर वालुटार पुगेको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सोमबार ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस