आज:  | Sun, 22, Dec, 2024

बालुवाटारमा बसेको गठबन्धन बैठकमा भगवण्डा नमिले पछी माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोटमा पुगे ।

१० पुष २०७९, आईतवार १६:१८ मा प्रकाशित ( १ साल अघि) १०३८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ —पौष १०
बालुवाटारमा बसेको गठबन्धन बैठकमा भगवण्डा नमिले पछी माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोटमा पुगेका छन् ।
बालुवाटारमा बसेको गठबन्धन बैठक निष्कर्ष विहिन र पदिय भागवण्ड नमिले पछि प्रचण्ड पुष्पकमल दाहालको सहभागीतामा बालकोटमा चार दलको बैठक सुरु भएको हो ।
आज नयाँ सरकार गठनको अन्तिम दिन.. प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा सिके राउत समेत प्रवेश गरेका छन् ।
सत्ता गठवन्धन गरी वैशाख ३० को स्थानिय निर्वाचन र मंसिर ४ संघिय निर्वाचनमा पाँचदलिय गठवन्धन गरी सत्ता साँझेदारीमा रहेका प्रचण्ड (पुष्पकमल दाहाल उनी जसरी पनि सत्तामा जान चाहान्छन् र
तेसमा पनि प्रधान्मन्त्रि आफु नै हुनुपर्ने अडान राखेपछी प्रत्यक्ष तर्फ पहिलो पार्टी काँगे्रसले यो कुरा स्वीकार गर्न नमाने पछी माओवादी अध्यक्ष प्रचण्ड यतिवेला केपी शर्मा वलीको साथमा गठन्धन् गरी नयाँ सरकार बनाउनको लागी बालकोटमा एमाले सहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल जारी रहेको छ।
नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजे सम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिनु भएको छ । दुई वा सो भन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधि सभाको सबै भन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर सत्ता समीकरण बनाउने तयारी थालेका हुन् ।

हाल प्रतिनिधिसभा २७३ मा सरकार गठनका लागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस (८९) सिट भएको ठुला पार्टी लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२) राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए भने १६६ सिट पुग्ने छ । कांग्रेसलाई सत्ता बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनको पहिलो प्राथमिकतामा दिएर नयाँ सरकार गठनको लागी छलफलमा जुटेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस