आज:  | Tue, 07, Jan, 2025

आठौं धादिङ महोत्सवको आज पहिलो दिन देखिएको दृश्र्य ।

७ पुष २०७९, बिहीबार २०:१६ मा प्रकाशित ( २ साल अघि) १२४२ पटक पढिएको
नारी बाटिका


 

 

 

२०७९ पौष ७ ,धादिङ

आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले गर्नु भएको छ । पुष ७ गतेदेखि १७गते सम्म संन्चालन हुने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यमा गरिएको हो ।

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक विष्णु थपलियाको अध्यक्षतामा भएको उद्घाटनसत्रको पहिलो दिन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्शाल संघिय सासद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल,शालिकराम जमरकट्टेल,शिवराज अधिकारी,मधुकुमार श्रेष्ठ,डम्वर तामाङ, निलकण्ठ नगरपालिकाका मेयर भिम प्रशाद ढुंगाना,उपमेयर दिपक विश्वकर्मा,लगायत धादिङको सर्व पालिकाका प्रमुख एवं् उप प्रमुखहरुको आतिथ्यता रहेको थियो धादिङवेशी पुछारबजार बाट सुरु भई सिरबजार हुदै महोत्सव स्थल सम्म भएको र्यालीमा धादिङ त्रिपुरासुन्दरीको कुमाल समुदाय लगायत किराँत,नेवारी भेषभुषा,मगर,तामाङ,,गुरुङ,खस आर्य,समुदायले झाँकी,प्रदर्शन गरेका थिए भने ब्रमाणहरुको भजन टोलीबाट भजन गाउदै,ज्याम्रुङको पन्चेबाजाको रौनकले र्यालीलाई थप रमाईलो बनाएको थियो ।

त्यसैगरी नारी जागरण केन्द्र,नारी बिकास बचत तथा ऋण सहकारी संस्था,स्रोत परिचालन सहकारी,हिमाल बचत तथा ऋण सहकारी संस्था,लगायत निलकण्ठ नगरपालिका स्थित विभिन्न सहकारी संस्थाहरु,गैरसहकारी संघ संस्थाहरु बाट आःआफ्ना ड्रेसमा व्यानर सहितको उल्लेखिनिय सहभागिता रहेको थियो ।


महोत्सव आजबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरुभएको छ । धादिङ उद्योग वाणिज्यले आयोजना गरेको यस महोत्सव आजबाट पुस १७ गते सम्म संचालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस