आज:  | Sun, 22, Dec, 2024

अमर र जयरामको बस दुर्घटनाले परिवारै रित्तियो ……………………..

२ पुष २०७९, शनिबार १०:२६ मा प्रकाशित ( २ साल अघि) ७२५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ,२०७९ पौष २

अमर र जयरामको बस दुर्घटनाले परिवारै रित्तिएको छ ।
काभ्रे बेथानचोकमा भएको बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भइ अमर र जयरामको एकै परिवारका ८ जनाको मृत्यु भएपछी पुरै परिवार नै रित्तिएको हो ,

काभ्रे बेथानचोकमा भएको बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भइ शव  बुझिलिने  समेत कोही नभएपछी वैदेशिक रोजगारमा गएका दुई दाजुभाइ घर फर्कीएर सव उठाएका हुन् ।
बेरोजगारीले घर परिवार चलाउन समस्या परे पछि २३ वर्षीय अमर असारमा जापान र दाजु जयराम असोजमा मलेसिया गएका थिए  तर उनिहरुले विदेशी भुमिमा पसिना वगाई कमाएको परिनाको थोपा खान नपाउदै उनिहरुको पुरै परिवारले टुहुरो पारेर छाडिदिए । उक्त बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएपछी शव जिम्मा लिने कोही नहुंदा ६ महिनामै फर्कन वाध्य भए विदेशिएका दाजुभाइ……….
एकै परिवारका आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन त सकेनन्, आफन्त र गाउँलेहरु पनि निकै भावविह्वल बनेका थिए ।
काभ्रे — बनेपा–११ सल्लेका अमर–जयराम तामाङ दाजुभाइ वैदेशिक रोजगारमा गएको ६ महिना पनि भएको थिएन । बेरोजगारीले सताएपछि २३ वर्षीय अमर असारमा जापान र दाजु जयराम असोजमा मलेसिया उडेका थिए । चार दाजुभाइमध्ये अमर कान्छो र जयराम साइँलो हुन् ।

नीहरूको परिवार बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा भान्जाको छेवर व्रतबन्ध कार्यक्रममा सहभागी हुन गएका थिए । शुभ व्रतबन्ध कार्य सकेर फर्कंदै गर्दा उनीहरू चढेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोक–४ चलाल गणेशस्थान भन्ने स्थानमा दुर्घटनामा परेको थियो भने उक्त घटनामा परी १७ जनाले ज्यान गुमाएकामा तामाङ परिवार भित्रकै आठ जना परेका थिए ।

दुर्घटनामा उनीहरूले ७९ वर्षीया हजुर आमा निर्मलामाया तामाङ, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया जेठी भाउजू मञ्जु, ११ वर्षीय भतिज पुष्कर, ३० वर्षीय माइलो दाइ बुद्ध, २७ वर्षीय माइली भाउजू कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमालाई गुमाउनु परेको थियो। तसै घटनामा गम्भीर घाइते भएका जेठा दाइ राजनको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ वर्षीया भतिजी श्रेया घाइते छिन्, उनले दुर्घटनामा आमा बुबा दुवैलाई गुमाइन् । शव जिम्मा लिने व्यक्ति कोही नहुँदा चार दिन सम्म आठ वटै शव धुलिखेल अस्पतालमा राखिएको थियो ।
अमर र जयरामको बस दुर्घटनाले परिवारै रित्तियो…….पछिल्लो समयमा अमर र जयरामको परिवार मात्रै हैन नेपालमा यस्ता पिडादायिक दुर्घटना दिनानुदिन बढीरहेको अवस्था छ भने यस विषयमा सरकार गम्भिर बन्न जरुरी रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस