आज:  | Thu, 21, Nov, 2024

धादिङ अस्पतालमा नागरिक सहायता, तथा अस्पताल सुरक्षा गार्ड (कक्ष) भवनको निर्माण ।

२६ मंसिर २०७९, सोमबार १९:२४ मा प्रकाशित ( १ साल अघि) ३७० पाठक संख्या
नारी बाटिका


धादिङ, २०७९ मंसिर २६

धादिङ अस्पतालमा नागरिक सहायता तथा सुरक्षा गार्ड कक्ष भवनको निर्माण गरिएको छ ।
आईतबार जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले उक्त नागरिक सहायता कक्ष,अस्पताल सुरक्षा गार्ड कक्ष तथा भवनको उद्ध्घाटन गर्नुभएको हो ।धादिङ अस्पताल र धादिङ सोसियल भोलेन्टियर नेपालको सयुक्त सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता तथा अस्पताल सुरक्षा गार्ड कक्ष बाट अस्पतालमा सेवा लिन आउने सेवाग्रहाई तथा विरामीहरुले सहज रुपमा सेवा लिन पाउने छन् भन्ने मुख्य उद्देस्यका साथ यस भवनको निर्माण गएिको हो,धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष भेषराज ठकुरी बताउनु हुन्छ ।साथै धादिङ सोसियल भोलेन्टियर नेपालको सम्पर्क कार्यालयको समेत स्थापना गरिएको छ भने यस कार्यको लागी धादिङ सोसियल भोलेन्टियरले विगत लामो समय देखि यसै जिल्लालाई कार्यक्षेत्र बनाई सेवा दिदैं आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस