आज:  | Sun, 20, Apr, 2025

काठमाडौं–४ बाट गगन थापा को विजयी

६ मंसिर २०७९, मंगलवार ११:५८ मा प्रकाशित ( २ साल अघि) ३०५५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापाले २१ हजार ३ सय २ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गर्नुभएको हो । उहाँको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर ३२ सय मतान्तरले थापाले जित्नुभएको थियो । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाउनुभएको छ ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गर्नुभएको थियो । ०६४ मा थापा समानुपातिक सांसद हुनुहुन्थ्यो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस