आज:  | Sun, 20, Apr, 2025

जनताले दिएको मतको कदर गर्नेछु : भुमि त्रिपाठी

२८ कार्तिक २०७९, सोमबार १९:५८ मा प्रकाशित ( २ साल अघि) २९४९ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार भूमी प्रसाद त्रिपाठीले सोमबार सिद्धलेक गाउँपालिकाका मतदातासँग भेटघाट गर्नुभएको । चुनावी घरदैलोकै क्रममा त्रिपाठीले सिद्दलेक गाउँपालिका वडा नम्बर एक र दुई का वडाहरुमा पुगेर मतदातासँग आफ्नो पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ । सिद्धलेक गाउँपालिका–२ को ठाँटीमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले जनताले दिएको मतको कदर गर्ने बताउनुभयो ।

यसअघि सांसद हुँदा पनि सिद्धलेकको विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रमेश आचार्यले पनि आफ्नो क्षेत्रका मतदाताको घरघरमा पुगेर मत मागि रहनुभएको छ ।

प्रदेशसभा २ का एमाले उम्मेदवार गजेन्द्र थपिलियाको पक्षमा पनि एमाले नेता कार्यकर्ताहरुले घरदैलो अभियान चलाइरहेका छन् । पितृशोकमा रहेका थपलिया प्रत्यक्ष रुपमा घरदैलो अभियानमा हिड्न सक्नुभएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस