आज:  | Sun, 20, Apr, 2025

‘बबिता बानियाँ जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

२५ कार्तिक २०७९, शुक्रबार ०७:४४ मा प्रकाशित ( २ साल अघि) १९५० पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताउनुभयो ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भन्नुभयो, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस