आज:  | Sun, 20, Apr, 2025

गठबन्धन प्रति रुविभ्यालीबासीको विश्वास पाए :रामनाथ अधिकारी

२२ कार्तिक २०७९, मंगलवार १९:३१ मा प्रकाशित ( २ साल अघि) १७१५ पटक पढिएको
नारी बाटिका


धादिङ – प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन निर्वाचन नजिकिएसँगै दलहरु घरदैलो अभियानमा व्यस्त बनेका छन् । सोही क्रममा उत्तरी क्षेत्रको रुविभ्याली गाउँपालिकाको घरदैलो सकेर खनियाबास प्रवेश गरेका नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारी आफूले रुविभ्यालीबासीको विश्वास पाएको बताउनु भएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट मात्र देशको आर्थिक विकास सम्भव छ भन्नेमा जनताको विश्वास पाएको अधिकारीले बताउनु भयो । रुविभ्याली विकासले निकै पछाडि परेको हुनाले त्यहाँको जनताको निराशालाई आशामा परिवर्तन गर्ने विश्वास आफूहरुमाथि रहेको अधिकारीको भनाइ छ । ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना र रुविभ्याली लगायतको घरदैलोले आफूलाई उत्साह थपेको बताउँदै अधिकारीले नेपाली काँग्रेस र गठबन्धन दलभित्र सबै नेता कार्यकर्ता एक भएर लागि परिरहेको बताउनुभएको छ ।

अधिकारीसँगै घर दैलोमा पुग्नुभएका एकीकृत नेकपा माओवादीका प्रदेश उम्मेदवार जगत सिँखडाले गाउँ टोलमा गठबन्धन उम्मेदवारको मात्रै चर्चा रहेको र जनताको विश्वास पनि गठबन्धन दलमा नै रहेको पाइएको सिँखडाको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस