आज:  | Sun, 20, Apr, 2025

गंगाजमुनालाई पर्यटन अकार्षणको केन्द्र बनाउने : कांग्रेसका नेता रामनाथ अधिकारी

१८ कार्तिक २०७९, शुक्रबार १३:२६ मा प्रकाशित ( २ साल अघि) २८२८ पटक पढिएको
नारी बाटिका


धादिङ – गंगाजमुना लगायत जिल्लाको अन्य पर्यटकीय क्षेत्रहरुलाई पर्यटन अकार्षणको केन्द्र बनाउने नेपाली काँग्रेस धादिङका सभापति एवम् धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामनाथ अधिकारीले बताउनु भएको छ ।
बिहिबार गंगाजमुना गाउँपालिकामा भएको गंगाजमुना मेलाको अवसरमा आयोजना गरेको कार्यक्रममा अधिकारीले गंगाजमुना झर्ना, कुकुर धारा लगायतको संरक्षण, आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला, प्रदेश २ का उम्मेदवार जगत सिँखडा, नेकपा माओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, पूर्व सांसद धनबहादुर घले लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

गंगाजनमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय झाँकि, राष्ट्रिय र स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस