आज:  | Wed, 05, Feb, 2025

अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार पार्छौ : राष्ट्रिय स्वतन्त्र पाटी

१७ कार्तिक २०७९, बिहीबार १६:५८ मा प्रकाशित ( २ साल अघि) ९३० पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ ।

नेपालको संविधान २०७२ मा लिपिबद्ध “समाजवादप्रति प्रतिबद्धता” लाई ध्यानमा राख्दै वाचा पत्रमा तत् तत् कार्यक्रमहरू राखिएको भन्दै पार्टीले २११० सम्ममा नेपालमा समाजवादको आधार तय गर्ने उल्लेख गरेको छ ।

त्यति बेला सम्ममा समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने पार्टीको अपेक्षा छ । यस्तै २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने स्वतन्त्र पार्टीको वाचा छ । विस २११० सम्म सम्पूर्ण नेपालीहरू पूर्ण बिमाको दायरामा हुने तथा मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने पार्टीको दाबी छ ।

नेपाल अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीमा रहने, विश्व शान्ति क्षेत्रको रुपमा स्थापित हुने, कुनै पनि नेपालीहरू रोजगारीका लागि विदेश जान नपर्ने, गुणस्तरीय र सुलभ यातायात प्रणाली हुने, सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहुँच र उपलब्धता हुने वाचापत्र मा उल्लेख गरिएको छ ।

यस्तै गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने, खेलकुदमा अन्तर्राष्ट्रिय पदक हासिल हुने, नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने जस्ता विषय सो पार्टीले परिकल्पना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस