आज:  | Sun, 20, Apr, 2025

धादिङमा आज ६९ जनामा डेंगी संक्रमण, संख्या २ हजार ३९ पुग्यो

१६ कार्तिक २०७९, बुधबार १९:२३ मा प्रकाशित ( २ साल अघि) १६६० पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा आज ६९ जनामा डेंगी संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार ३८ जना पुरुष र ३१ जना महिला गरी ६९ जना संक्रमित थपिएका हुन् ।
आज थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३९ जना पुगेको छ । हालसम्म जिल्लामा १ हजार १०२ जना पुरुष र ९३७ महिला संक्रमित रहेका छन् ।
जसअन्र्तगत नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २५६ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, गल्छीमा ९६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ ।
यस्तै त्रिपुरासुन्दरीमा ७५, सिद्धलेकमा ५५, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १३, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस