आज:  | Sat, 28, Dec, 2024

सन्दीप लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबी सहित मुद्दा दर्ता

१४ कार्तिक २०७९, सोमबार १५:१७ मा प्रकाशित ( २ साल अघि) ४३६ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको छ । आज सोमवार सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबी सहित काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

लामिछानेविरुद्ध गएको भदौ २१ गते १७ वर्षकी एक किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकोमा प्रहरीले उनलाई २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस