आज:  | Sat, 28, Dec, 2024

धादिङबेशीमा राति ९ बजेपछि देउसी, भैलो खेल्न नपाईने

६ कार्तिक २०७९, आईतवार २१:०८ मा प्रकाशित ( २ साल अघि) ९०५ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङबेशीमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाईँएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरेको हो । दिपावलीमा विभिन्न आतिसबाजी नगर्न पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधी देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न,छतमा चढेर यात्रा नगर्न,सार्वजनिक स्थानमा धुम्रपान र मद्यमान नगर्न समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
रातभर देउसी भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाका लगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउन समेत प्रहरीले रोक लगाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस