आज:  | Sat, 19, Apr, 2025

शताब्दी पुरुष सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

३० आश्विन २०७९, आईतवार १२:३५ मा प्रकाशित ( २ साल अघि) ३३५१ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसलगतै अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस