आज:  | Sat, 28, Dec, 2024

धादिङबेशिमा यूकेको लाहुरे हुँ भन्दै दिनदहाडै ठगी

२९ आश्विन २०७९, शनिबार १९:१८ मा प्रकाशित ( २ साल अघि) ६८१ पटक पढिएको
नारी बाटिका


धादिङ – सदरमुकाम धादिङवेशीं स्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तीबाट ठगिएका छन् । पोखरा घर भएका बताउने सिङगापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तीले होटल संचालकसँग उल्टै पैसा मागेर फरार भएका हुन् ।

महंगा सामानहरु भएको झोला होलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउछु, भनेर होटल संचालक सेती गुरुङसंग ११ हजार नगद लिएर एकाएक गायव भएका हुन् । शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार दिउसो खोलेर हेर्दा खोलेर हेर्दा कागजको पोकाहरु, सुन जस्तो देखिने नक्कली सिक्रि र एउटा तन्ना भेटिएको छ ।

सुनौला बजारका एकजना साथीले आफुलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पु¥याईदिन जान लागेको तर आफुसँग पैसा नभएकोले सामान यहि होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै एघार हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले बताउनुभयो ।

सुन, डलर पैसा लगायत जिन्सी सामान राख्दीनु अहिले एकछिनमा आउछु भनेर गएको ति व्यक्ती फर्किएर नआएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस