आज:  | Wed, 27, Nov, 2024

नेपाली काँग्रेस धादिका नेता रमेश धमलाद्वारा उम्मेदवारी फिर्ता

२६ आश्विन २०७९, बुधबार १५:०१ मा प्रकाशित ( २ साल अघि) ४९१ पाठक संख्या
नारी बाटिका


धादिङ – नेपाली काँग्रेस धादिङका नेता तथा पुर्वसभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका धमलाले आज उम्मेदवारी फिर्ता लिनुभएको हो ।

धमलाले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिनुभएका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी विरुद्ध बागी उम्मेद्वारी दिनुभएको थियो ।

हेलिकप्टर चढेर उम्मेदवारी फिर्ता लिन आउनु भएका धमला उम्मेदवारी फिर्ता लिए लगत्तै काठमाण्डौँ फर्कनु भएको छ । उम्मेदवारी फिर्ता पछि पत्रकारसँगको सक्षिप्त कुराकानीमा धमलाले भन्नुभयो “तमाम कार्यकर्ता र साथीहरुको मनोभावनालाई त्याग्न सकिनँ, त्यसैले नेपाली कांग्रेस र गठबन्धनका साथीहरुलाई सहयोग गर्नका लागि मेरो भूमिका अझैपनि विशेषगरि कार्यकर्ता र सुभेच्छुकहरुको आग्रहलाई मैले नकार्न नसकेर मेरो उम्मेदवारी फिर्ता लिएँ ।”

साथीहरुको चिन्ता र अनुरोधलाई मैले नकार्न सकिनँ ।म जुनदिनदेखि राजनीतिमा आएँ । नेपाली कांग्रेसको विद्यार्थी भएर आएँ । आज जुन ठाउँमा छु नेपाली कांग्रेसकै कारण छु,’ उहाले भन्नुभयो ,‘सबै त्याग्न सक्छु तर नेपाली कांग्रेस त्याग्न सक्दिनँ । साथै कार्यकर्ता तहबाट र शिर्ष नेताहरुको अनुरोधको कारण आफुले उम्मेदवारी फिर्ता लिएको उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस