आज:  | Thu, 08, May, 2025

कांग्रेसका पूर्व सभापति रमेश धमलाले धादिङ क्षेत्र नम्बर २ मा दिए बागी उमेदवारी ।

२५ आश्विन २०७९, मंगलवार १२:३३ मा प्रकाशित ( २ साल अघि) १८७६ पटक पढिएको
नारी बाटिका


कांग्रेसका पूर्व सभापति रमेश धमलाले धादिङ क्षेत्र नम्बर २ मा दिए बागी उमेदवारी ।

धादिङ २०७९ असोज २५
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला पार्टी सभापति रमेश धमलाले बागी उमेदवारी दिएका छन् ।

पार्टी भित्र रहेर युवा नेताको रुपमा चिनिने धमलाले सामाजिक क्षेत्रमा संघ संस्थाको माध्यम बाट धादिङ जिल्लामा निकै लामो समयदेखी दलित तथा अशहाय बालबालिका हरुमा छात्रवृर्ती,निसुल्क शिक्षा तथा अभिभावकहरुमा तालिम, रोजगारमुलक सिप तथा सचेतनामुलक कार्यक्रम बाट सहयोग  गर्दै आएका छन् भने विध्यालयहरुमा भौतिक तथा शैक्षिक सामाग्री हरु उपलव्ध गरायर बिकासमा सहयोग पुर्याउदै, पार्टी भित्र पनि सक्रिय रुपमा  काम गर्न सक्ने ,कार्यकर्ता हरु संग घुलमेल रहेर संगठन सृद्रिढीकरणका लागी राम्रो काम गर्न सब्ने नेतामा परिचित छन् उनी । धमला तत्कालिन समयमा नेपाली काँग्रेस धादिङका पार्टी सभापती बनेका थिए भने जिल्लादेखी केन्द्र सम्मका नेताहरु कपाल,दाह्री जुँगा फुलेर दाँत झरी ८४ सी गर्ने वेला सम्म पनि आफुलाई युवा नेता हुँ भनी पदको कुर्चि छाढ्न नखोज्ने नेपाली काँग्रेसको परमपरा इतिहाँलाई तोडेर एक कार्यकालमै  पद त्याग गरी जिल्ला सभापती दावी नगर्ने नेता सायद विरलै मध्यका उदारहण बनेका थिए उनी ……………..
तर पार्टीले पछिल्लो २०७९ वैशाख ३०मा सम्पन्न स्थानिय निर्वाचनमा नेकपा एमालेबाट बाहिरिएर नेकपा समाजवादीको रुपमा गठन भएको नेकमा समाजवादी,पचण्ड माओवादी लगायतका दलहसंग गठबन्धन गरी चुनावी मैदानमा गएको थियो तेस्तै आगमी मंसिर ४ मा हुन गै रहेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी पनि पार्टीले अन्य पाँचदल बिच गठबन्धन गरी जाने निर्णय गरेपछी धादिङ २ कांग्रेसकै भागमा परेको हो । जसअनुसार कांग्रेसका वर्तमान सभापति रामनाथ अधिकारीले  टिकट हात पार्न सपल भएका थिए।  बाहिर बाहिर नेताले दिने भाषणमा युवा,महिला,दलित तथा राजनितिमा उचित स्थान पाउन नसकेका वर्गलाई समेटेर लाने भन्ने नारामा मात्र सिमित भएझैं यस पटकको टिकट वितरणमा पनि गठवन्धनको नाउमा उल्लेखित वर्गलाई उपेक्षा गरेकै कारण आफुले निकै समयदेखी पार्टीको हरेक चरणमा सघाउँदै आएको रामनाथ अधिकारी… उनीविरुद्ध कांग्रेसकै पूर्वसभापति रमेश धमलाले वागी उम्मेदवारी दिएका हुन् ।

टिकट वितरणमा पार्टीले आफु प्रति गरेको विभेद र वेवास्ताका कारण वागी उम्मेदवारी दिनु परेको वताउँदै आएका धमलाले उम्मेदवारी फिर्ता लिने नलिने त्यो भने हेर्नै बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस