आज:  | Sat, 19, Apr, 2025

दसैमा घर जाँदा डेङ्गी सङ्क्रमण फैलिन सक्ने जोखिमबारे ख्याल गर्न विज्ञको सुझाव

१२ आश्विन २०७९, बुधबार ०९:५० मा प्रकाशित ( २ साल अघि) १४०५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – दसैमा घर जाँदा डेङ्गी सङ्क्रमण फैलिन सक्ने भन्दै सचेत रहन विज्ञहरूले अनुरोध गरेका छन् । मानिसको चहलपहल बढी हुने क्षेत्रमा लामखुट्टे पनि बढी हुने भएकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढी हुने चिकित्सकहरूको आङ्कलन छ ।

गाउँ जाँदै गर्दा डेङ्गीको सङ्क्रमणबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । दसैका लागि सर्लाही स्थित घर जाने योजनामा रहनुभएका उमा कार्कीले तराईमा लामखुट्टेको प्रकोप बढी हुने हुँदा टोकाईबाट बच्न मलम र मच्छरधुप लिएरै जाने योजनामा रहेको बताउनुभयो ।

विज्ञहरूका अनुसार डेङ्गीको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे एडिस एजिप्टीर एडिस अल्बोपिक्टसको टोकाइबाट मानिसमा डेङ्गीको सङ्क्रमण हुन्छ। लामखुट्टेले डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्ने र त्यसपछि सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा सङ्क्रमण हुनसक्ने जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले जानकारी दिनुभयो । दसै मनाउनका लागि काठमाडौँ उपत्यकाबाट मात्रै २० लाख मानिस बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ ।

लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेको सङ्ख्या नियन्त्रण गर्नु नै डेङ्गी सङ्क्रमण फैलिनबाट रोक्ने मुख्य उपाय रहेको जनस्वास्थ्य विज्ञ डाक्टर अनुप सुवेदीले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकासहित देशभर डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस