आज:  | Sat, 23, Nov, 2024

सरकारी कर्मचारी प्रति जनताको विश्वास घटेको छ : मेटमणि चौधरी

१८ भाद्र २०७९, शनिबार ०९:०३ मा प्रकाशित ( २ साल अघि) २८५ पाठक संख्या
नारी बाटिका


धादिङ – सरकारी कर्मचारी प्रति जनताको विश्वास घटेको शहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनुभएको छ ।जनताहरुले सरकारी कार्यालयमा सेवा लिन आउदा बढी झन्झट र ढिला सुस्ती हुने गरेको कारण जनतामा सरकारी कर्मचारी प्रति विश्वास घट्दै गएको मन्त्री चौधरीले बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय अनुगमन गर्न शुक्रबार धादिङ आईपुग्नुभएका मन्त्री चौधरीले कुनै कर्मचारीले घुस खान्छ भन्ने कुरालाई चिरेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । अनुगमनको क्रममा मन्त्री चौधरीले कर्मचारीहरुबीच विभेद नगर्न पनि निर्देशन दिनुभयो ।

सरकारी कार्यालयहरु अवलोकन गर्न धादिङ आउनुभएका चौधरीले नीति नियममा बसेर ईमान्दरीताको साथ काम गर्नको लागि कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।कर्मचारीहरुलाई जनताको सेवामा ध्यान दिनुपर्ने भन्दै उहाँले कर्मचारीको नियतमा खोट देखिएर कानुन अनुसार कारबाही गर्ने समेत बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय अनुगमनको क्रममा चौधरीले कर्मचारीहरुलाई जनता प्रति उत्तदायी भएर काम गर्न समेत निर्देशन दिनुभयो ।नागरिकहरुले कर्मचारी प्रति विश्वास गर्न छाडे समस्या हुने भन्दै उहाँले कर्मचारीले छिटो र छरितो हिसाबले सेवा दिनुपर्ने बताउनुभयो ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने प्रवृत्ति अझै कायम रहेको औल्याउँदै मन्त्री चौधरीले चिया खुवाउने, कार्यालय सफा गर्ने कर्मचारीहरुलाई अपमानजनक व्यवहार नगर्न सुझाव दिनुभयो । मन्त्री चौधरीले जिल्ला समन्वय समितिको कार्यालयको पनि अवलोकन गर्नुभएको छ । आजै मन्त्री चौधरीले धादिङको गल्छी गाउँपालिकास्थित गल्छी बजारको नयाँ सहर आयोजनाको पनि निरिक्षण गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस