आज:  | Sat, 23, Nov, 2024

नेवाः पत्रकार राष्ट्रिय दवुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ

१६ भाद्र २०७९, बिहीबार १३:१५ मा प्रकाशित ( २ साल अघि) २४७ पाठक संख्या
नारी बाटिका


धादिङ – नेवाः पत्रकार राष्ट्रिय दवुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन हुनुभएको छ ।

आज धादिङबेशीमा सम्पन्न तेस्रो अधिवेशन बाट सन्तोषराज श्रेष्ठको अध्यक्षतामा ७ सदस्य कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा कल्पना श्रेष्ठ, शुरेश श्रेष्ठ र सुमन श्रेष्ठ रहेका छन् ।

यसैगरी अबिधेशनले केन्द्रिय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, अर्जुन श्रेष्ठ र प्रदेश प्रतिनिधिमा काजि श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शाक्य र सुस्मिता श्रेष्ठलाई सर्वसहमत चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस