आज:  | Sat, 23, Nov, 2024

धादिङवेशीं सहलगानी खानेपानी आयोजनाको शिलान्यास, ४५ करोड ६५ लाख ७३ हजारको लागतमा सम्पन्न हुने

१३ भाद्र २०७९, सोमबार २३:१७ मा प्रकाशित ( २ साल अघि) २६१ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–३ मा धादिङबेशी सह–लगानी खानेपानी आयोजनाको शिलान्यास गरीएको छ । सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले आयोजनाको शिलान्यास गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले आज एक कार्यक्रमका विच आयोजनाको शिलान्यास गर्नुभएको हो । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनले कार्यन्वयन गर्ने खानेपानी आयोजना नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३,४ र १२ मा संञ्चालन हुनेछ ।

नेपाल सरकारको ७० प्रतिशत र नीलकण्ठ नगरपालिकाको ३० प्रतिशत लगानीमा बन्ने खानेपानी आयोजना २०८२ साल जेठको १२ गते सम्पन्न गर्ने गरि सगुन कन्स्ट्रक्सन, बुटवल रुपन्देहीले ठेक्का सम्झौता गरेको छ । ४५ करोड ६५ लाख ७३ हजार लागतमा बन्ने खानेपानी आयोजनामा प्रति दिन ५३ लाख ७८ हजार ४ सय लिटर पानी अट्ने ३ ओटा ईन्टेक, २१ दशमलव ८६ किलोमिटरको मुख्य पाईप लाईन, ६४ दशमलव ६६ किलोमिटर शाखा पाईप लाईन र २ ओटा प्रशोधन केन्द्र निर्माण हुनेछ ।

यस्तै ६ ओटा पानीपोखरी, समितिको कार्यालय भवन, चौकीदार घर र ५ हजार १ सय ६४ ओटा निजी धारा निर्माण हुनेछन् । खानेपानी आयोजनाबाट ४ ओटा वडाका ५ हजार १ सय ६४ घरका २५ हजार ६ सय २८ लाभान्वित हुने कार्यक्रममा जानकारी गराईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस