आज:  | Sat, 23, Nov, 2024

मतदाता नामावलीमा रहेको त्रुटि भदौ १२ देखि १७ गते सम्म सच्याउन सकिने जिल्ला निर्वाचन कार्यलय

७ भाद्र २०७९, मंगलवार २०:०३ मा प्रकाशित ( २ साल अघि) २५६ पाठक संख्या
नारी बाटिका


मतदाता नामावलीमा रहेको त्रुटि भदौ १२ देखि १७ सम्म सच्याउन सकिने
भाद्र ७ धादिङ, ।
जिल्ला निर्वाचन कार्यालय धादिङले मतदाता नामावलीमा त्रुटि भएको अवस्थामा भाद्र १२ गतेदेखी भाद्र १७ सम्म सच्याउन को लागी आग्रह गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको अवस्थामा सच्याउन आग्रह गरिएको हो । मतदाता नामावली सच्याउने अवधि यही भाद्र १२ देखि १७ गतेसम्म निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले एक पत्रकार भला गर िबताउनु भएको हो ।

यो अवधिमा मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, कसैले झुटो विवरण मेश गर ि मतदाता नामावली मा नाम समावेश गरेको भए उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, मृत्यु भएका व्यक्तिको नामावली हटाउन निवेदन दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यलयका अधिकारी श्रेष्ठले बताउनु भएको छ ।

यस कार्यको लागी मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेवसाईट तथा इमेल, फ्याक्स तथा अनलाइनबाट पनि निवेदन दिन सकिने उहाँले जानकारी गराउनु भएको छ । तेसैगरी यसअघि मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भएको भए सोलाई सच्याउन सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिनुपर्ने व्यवस्था गरेको थियो।

मतदाता अद्याबधिक कार्यक्रमलाई सक्रियता र सफलता पुर्वक संचालन गर्न सम्पुर्ण सरोकारवालाहरु, राजनितिक दल, मतदाता, नागरिक समाज, संचारकर्मी तथा स्थानिय तहका जन प्रतिनिधिहरु लगायत निर्वाचनका सबै सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको छ ।

भाद्र १२ गते जिल्लाको १०४ वटै वडामा मतदाताको अन्तिम नामावली प्रकाशन गरिने श्रेष्ठले बताउनु भयो । धादिङमा गत बैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा २ लाख ६८ हजार ४७२ मतदाता रहेका थिए ।

हाल मतदाता थप भई २०७९ मंसिर ३ गते सम्म १८ बर्ष पुग्ने सहित जम्मा अनुमानित मतदाता २ लाख ७२ हजार १७५ रहेको र दावी विरोध कार्यक्रम पश्चात मात्रै बास्तविक मतदाता संख्या हुने श्रेष्ठले बताउनु भयो ।

मतदाता नामावली अद्यावधिक भई सकेपछि आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन गर्ने भएको छ । सरकारले आगामी मंसीर ४ गते निर्वाचन गर्ने घोषणा समेत गरिसकेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस