आज:  | Sat, 23, Nov, 2024

नारी जागरण केन्द्र धादिङको वार्षिक उत्सवको अवसरमा तीज विशेष कार्यक्रम

३ भाद्र २०७९, शुक्रबार ०७:१२ मा प्रकाशित ( २ साल अघि) ७९५ पाठक संख्या
नारी बाटिका


धादिङ – नारी जागरण केन्द्र धादिङको २३ औं वार्षिक साधारण सभाको अवसरमा तीज विशेष कार्यक्रम गरिएको छ । नारी जागरण केन्द्र धादिङको आयोजना तथा नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नारी बाटीका न्युज पोर्टल धादिङको सहयोगमा धादिङबेशिमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले नारी जागरण केन्द्रले हाल सम्म गर्दै आएको गतिविधि तथा आगामी आर्थिक वर्षको कार्यक्रम बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को आय व्यय, बिल भरपाई, प्राप्ती तथा भुक्तानी विवरण, कार्य समितिको निर्णय तथा विधानमा आधारित भई मुलभुत रुपम लेखापालनको सर्व स्वीकृत सामान्य सिद्धान्त अनुसार आर्थिक कारोबारका अभिलेखहरु नियम बमोजिम राखिएको छ कि छैन,अंक गणितिय शुद्धता छ कि छैन सामान ढंगले केन्द्रले आर्थिक कारोबार गरेको छ कि छैन लगाएतका बारेमा उप्रेतीले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै उप्रेतीले सम्पुर्ण महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना दिनुहुँदै भड्किलो तवरले तीज नमनाउन सबैमा आग्रह समेत गर्नुभएको छ । नारी जागरण केन्द्र धादिङकी अध्यक्ष चित्रकुमारी भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रका आजिवन सदस्यहरु, साधारण सदस्यहरु, नारी विकास सहकारीका कार्यसमितिका सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम केन्द्रकी सचिव सुशिला भण्डारीले संचालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस