आज:  | Sat, 23, Nov, 2024

आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

२५ श्रावण २०७९, बुधबार १०:२४ मा प्रकाशित ( २ साल अघि) २४८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – आज प्रदेश १,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै भोलि दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी परेसँगै बाढी, पहिरोको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास बस्ने बासिन्दालाई सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस