आज:  | Sat, 23, Nov, 2024

आज २८ औँ विश्व आदिवासी दिवस

२४ श्रावण २०७९, मंगलवार १०:०७ मा प्रकाशित ( २ साल अघि) १७३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिँदै समावेशिताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले आदीवासी जनजाति नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै उक्त समुदायको विकास गरेर मात्रै समृद्धिको सपना यथार्थमा परिणत हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधानले नै सामाजीक न्याय र समावेशिता सम्बन्धी व्यवस्था गरी आदिवासी जनजातीलाई समान अधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा उल्लेखित हकअधिकारको प्रत्याभूति गर्न सरकार क्रियाशिल रहेको स्पष्ट पार्नुभयो । लोकतन्त्र प्राप्तिका लागि आदिवासी समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले त्यसको सधैँ कदर गर्ने पनि बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस