आज:  | Sat, 23, Nov, 2024

नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकियो

२३ श्रावण २०७९, सोमबार ०८:४९ मा प्रकाशित ( २ साल अघि) ४३१ पाठक संख्या
नारी बाटिका


धादिङ – नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकिएको छ । आयोजनाको काम सुरु भएको करिब २ वर्ष ८ महिनामा करिब ६० प्रतिशत काम सकिएको हो । हालसम्म आयोजनाको सम्पूर्ण भौतिक प्रगति भने ४१ प्रतिशत मात्र सकिएको छ ।

नेपालमै पहिलो पटक निर्माण भइरहेको यो आधुनिक सडक सुरुङमार्ग २ दशमलव ७ किलोमिटरको हुने छ । हालसम्म इभ्याकुएसन टनेल अर्थात आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ र मुख्य सुरुङको ३२ सय ७६ मिटर खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर काम अघि बढाइएको छ । आयोजनाका अनुसार आगामी साउनभित्र यस मूख्य सुरुङमार्गमा सवारी सञ्चालन गर्न मिल्ने गरि निर्माण कार्यलाई तिब्रता दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।

जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागत रहने अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको हो । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ । सुरुङमार्ग निर्माणमा जापानी प्राविधिकसँगै नेपाली पनि खटिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस